7 months ago
May 18, 2025
एजेन्सी – रिकी पोन्टिङले अवरुद्ध सिजनको चुनौतीको सामना कसरी गर्नुपर्दछ भन्ने राम्ररी बुझेका छन् ।
सन् २०२१ मा जब उनी दिल्ली क्यापिटल्समा थिए । उनले टोलीलाई तालिकाको शीर्षमा पुर्याएका थिए। त्यसपछि कोभिडका कारण सिजनबीचमा खेल स्थगित भएको थियो ।
आइपिएल फेरि सुरु हुँदा दिल्लीले आफ्नो लय कायम राख्दै शीर्ष दुईमा स्थान बनाएको थियो। तर प्लेअफमा टोली असफल भएको थियो।
अब २०२५ को आइपिएलमा पञ्जाब किंग्ससँग रहेका पोन्टिङको लागि चुनौती फेरि उस्तै छ। प्लेअफमा पुग्ने बाटोमा रहेको टोलीलाई ट्रयाकमै राख्नु पर्नेछ ।
२०१४ यता पहिलो पटक शीर्ष दुईमा पुग्ने लक्ष्य राखेको पञ्जाब हाल लिग चरणमा ३ खेल बाँकी रहँदा १५ अंकसहित तेस्रो स्थानमा छ। २ जितले उनीको प्लेअफ स्थान पक्का हुनेछ ।
एक जितमा पनि अन्य नतिजाको सहयोगले सम्भावना बाँकी रहन सक्छ। दिल्लीविरुद्ध धर्मशालामा अवरुद्ध भएको खेल फेरि खेलिनु उनीहरूका लागि महत्त्वपूर्ण अवसर बन्न सक्छ।
यद्यपि, पञ्जाबका लागि यात्रा सहज भने छैन। दुई प्रमुख विदेशी खेलाडी, जोश इंगलिस र मार्कस स्टोइनिस नफर्किँदा टोली सन्तुलनमा परिवर्तन गर्नुपरेको छ। मिचेल ओवेन, बिग ब्यास लिगमा ओपनरको रूपमा चर्चित, प्रियांश आर्य र प्रभसिमरन सिंहले शीर्षक्रममा राम्रो प्रदर्शन गरिरहेकाले, मध्यक्रममा डेब्यु गर्ने सम्भावना छ।
जहाँ पञ्जाब शीर्ष दुईको स्थानका लागि संघर्ष गरिरहेको छ । राजस्थान रोयल्स भने अन्तिम स्थानबाट जोगिने प्रयासमा छ।
१२ खेलमा केवल ३ जितसहित प्लेअफको सम्भावना समाप्त भइसकेको छ। अब टोलीको ध्यान गौरव जोगाउने र भविष्य निर्माणतर्फ केन्द्रित भएको छ। पञ्जाब र राजस्थानबीचको खेल आज नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
आजै साँझ ७:४५ बजे दिल्ली र गुजरात टाइटन्सबीच खेल हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]