default_image

7 months ago

May 19, 2025

नेपाललाई ऐतिहासिक सफलता, पहिलो पटक ग्लोबल क्वालिफायरमा प्रवेश

2670 views

0 Bookmark

सरिता श्रेष्ठ, काठमाडौं

नेपाल आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको छ । सोमबार सुपर थ्री चरणको पहिलो खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।

पहिलो चरणबाट तीन समुहको समूह विजेता सुपर थ्रीमा छनोट हुने प्रावधान अनुसार नेपाल, थाइल्याण्ड र युएई अघि बढेका थिए । सुपर थ्रीका शीर्ष दुई टिम ग्लोबल छनोटमा पुग्ने नियम अनुसार नेपाल र आयोजक थाइल्याण्ड छनोट हुन सफल भएका हुन् । हिजो थाइल्यान्डसँग पराजित भएको र आज नेपालसँग पनि हारेपछि युएईको सम्भावना समाप्त भयो ।

आजको जितमा नेपालले एक खेल अगाडि कुल ७ अंक बनायो । थाइल्याण्डले पनि एक खेल अगाडि ८ अंक जोडेको छ। युएईले भने सबै खेल सकिंदा ६ अंक मात्र बनायो ।

यसअघि नेपालले ग्रुप ‘सी’ बाट ५ अंक बनाउँदा थाइल्याण्ड र युएईले आ-आफ्नो समुहबाट ६/६ अंक जोडेर सुपर थ्रीमा स्थान बनाएका थिए । टेर्डथाई क्रिकेट मैदानमा आज नेपालले जितको लागि १ सय १५ रनको चुनौति १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर राजमति ऐरी ८ रनमा र सम्झना खड्का २१ रनमा आउट भए । कविता कुँवर यो खेलमा पनि क्रिजमा टिक्न सकिनन् । उनी मात्र ५ रनमा आउन भइन् । ३८ रन जोड्दा नेपालले ३ विकेट गुमाइसकेको थियो ।

यसपछि कप्तान इन्दु वर्मा र उपकप्तान पूजा महतो क्रिजमा थिए । यी दुईले पनि ठूलो साझेदारी गर्न सकेनन् । चौथो विकेटको लागि २४ रनको साझेदारी गर्दै पूजा १३ रनना पबिलियन फर्किइन् ।

पूजा आउट भएपछि पुर्व कप्तान रुविना क्षेत्रीले इन्दुलाई साथ दिइन् । यी दुईले पाँचौं विकेटको लागि ३७ रनको साझेदारी गरे। रुविना १८ बलमा ३ चौका सहित २३ रन जोडेर आउट भइन् ।

इन्दुले सर्वाधिक अविजित ३० रन बनाएर नेपालको जित सुनिश्चित गरिन् । उनले २८ बल खेल्दै २ चौका प्रहार गरिन् । बलिङमा मिचेली बोथा, सुरक्षा कोथे, वैश्नवी महेश र इशा ओजाले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल खडा गर्यो ।

ओपनरद्वय इशा ओजा र तिर्था सतिशले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरे । तिर्था २१ रनमा राजमति ऐरीको बलमा आउट भइन् । पहिलो विकेट झार्न नेपालले १० औं ओभर कुर्नुपरेको थियो । इशाले २ चौका र १ छक्का सहित ३९ रन बनाइन् । यस्तै हिना होटचान्डीले २० र लाभान्या केनीले १२ रन बनाए।

बलिङमा मनिषा उपाध्यायले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट झारिन्। कविता कुँवरले २ र राजमतिले१ विकेट लिइन्।

अब नेपाल र थाइल्याण्डबीच एसिया क्वालिफायरको अन्तिम खेल भोलि हुनेछ।

ग्लोबल क्वालिफायरमा कुल १० राष्ट्रबीच विश्व कप प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ । एसियाबाट नेपाल र थाइल्याण्डसँगै अमेरिकाजबाट युएसए र सन् २०२४ को विश्वकपबाट स्कटल्याण्ड र बङ्गलादेशले ग्लोबल क्वालिफायर खेल्ने निश्चित भएको छ । अब युरोपबाट २, अफ्रिकाबाट २ र इस्ट एसिया प्यासिफिकबाट १ गरी ५ राष्ट्र छनोट हुनेछन् ।

ग्लोबल छनोटबाट ४ राष्ट्र २०२६ को जुनमा इङ्गल्याण्डमा हुने विश्वकपको लागि छनोट हुनेछन् । ग्लोबल छनोटमा सहभागी टिमहरुलाई २ समूहमा विभाजन गरेर हरेक समूहबाट शीर्ष २ टोली अघि बढ्नेछन् । ग्लोबल छनोटको मिति र स्थान तय भइसकेको छैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.