default_image

7 months ago

May 21, 2025

दिल्लीलाई मुम्बईको मध्यम लक्ष्य

682 views

0 Bookmark

एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ।

दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले‌ पहिला ब्याटिङ गर्दै सूर्यकुमार यादवको अर्धशतकमा १ सय‌ ८० रन बनाएको छ।

५८ रन जोड्दा ३ विकेट गुमाई सकेको मुम्बईका‌ लागि सूर्यकुमार र तिलक बर्माले उकासेका थिए। उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे। ४३ बल‌ खेलेका सूर्यकुमारले ७ चौका र ६ चौकामा नटआउट सर्वाधिक ७४ रन बनाए ।

तिलकले २७, ओपनर रायन रिकिल्टनले २५, अर्का ओपनर रोहित शर्माले‌ ५ , कप्तान हार्दिक पाण्डेयले ३ रन जोडे। नमन धिरले नटआउट २७ रन बनाए ।

दिल्लीका मुकेश कुमारले २, दुस्मान्ता चामेरा, मुस्ताफिजुर रहमान र कुलदीप यादवले समान १ विकेट लिए।

प्ले अफमा पुग्नका लागि दुबैका‌ लागि आजको खेलको नतिजा अर्थपूर्ण छ। मुम्बई १४ अंकसहित चौथो र दिल्ली १३ अंक लिएर पाँचौं स्थानमा छ।

गुजरात (१८), समान १७ अंक जोडेका रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किंग्स प्ले अफमा पुगिसकेका छन् । छनोट हुने बाँकी अन्तिम टोलीका लागि मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा छ।

मुंबईले आज दिल्ली लाई हरायो प्लेअफमा प्रवेश गर्नेछ । तर यदि पराजित भएमा, त्यसपछि बाँकी २ खेलको नतिजामा निर्भर हुनुपर्नेछ। पहिलो दिल्लीको पञ्जाबसँगको खेल र त्यसपछि मुंबईको पञ्जाबसँगको अन्तिम खेल कुर्नुपर्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.