7 months ago
May 24, 2025
एजेन्सी – ब्याटर शुभमन गिललाई इंग्ल्याण्ड भ्रमण अघि भारतको पुरुष टेस्ट टोलीको नयाँ कप्तानको जिम्मेवारी दिइएको छ।
२५ वर्षीय गिलले ३८ वर्षीय रोहित शर्माको स्थान लिएका हुन्। रोहितले केहि साता अगाडि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए।
राोहितले सन्न्यासको घोषणा गरेको केहि दिनपछि विराट कोहलीले पनि टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए।
३२ टेस्ट खेलमा १ हजार ८ सय ९३ रन बनाइसकेका गिलले २० जुनदेखि सुरु हुने इंग्ल्याण्ड भ्रमणमा भारतको नेतृत्व गर्नेछन्। यो भ्रमण अन्तर्गत पाँच टेस्ट खेल हुनेछन्।
अनुभवी तीव्र गतिका बलर मोहम्मद सामी भने चोटका कारण अन्तिम टोलीमा समावेश हुन सकेनन्। ऋषभ पन्तलाई उपकप्तान घोषणा गरिएको छ।
भारतीय टेष्ट क्रिकेट टोली
शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान), यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु इस्वरण, करुण नायर, नितीश कुमार रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह, कुलदीप यादव।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]