7 months ago
May 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्समाथि फराकिलो जित दर्ता गरेको छ ।
दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा आइतवारको दोस्रो खेलमा हैदराबादले कोलकातालाई १ सय १० रनले हरायो ।
२ सय ७९ रनको फराकिलो लक्ष्य पछ्याएको कोलकाता १८.४ ओभरमा १ सय ६८ रनमा अल आउट भयो ।
कोलकाता मनिष पाण्डेले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन जोडे । हर्षित राना २१ बलमा २ चौका र ३ छक्कको सहयोगमा ३४ रनमा आउट भए ।
सुनिल नारायण ३१, कप्तान अजिक्या राहाणे १५ तथा रमणदिप सिंह १३ रनमा आउट भए । हैदराबादका हर्ष दुवे, इशान मालिगा र जयदेव उनाद्कडले समान ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।
हैदराबादका हेनरिक क्लासनले शतक बनाए । ३९ बलमा ७ चौका र ९ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।
ओपनर ट्राभिस हेडले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७६ रनको अर्धशतक बनाए । अर्का ओपनर अभिषेक शर्मा १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रनमा आउट भए । इशान किशन २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रनमा आउट भए ।
कोलकाताका सुनिल नारायणले २ तथा वैभव अरोराले १ विकेट लिए । हैदराबादले फराकिलो जितका साथ सिजनको अन्त्य गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]