7 months ago
May 26, 2025
एजेन्सी – लाहोर क्वालेन्दरस् क्वेटा ग्लाडियर्सलाई हराउँदै १०औं पाकिस्तान सुपर लिग (पिएसएल) को च्याम्पियन बनेको छ ।
लाहोरले आइतवार राति भएको फाइनलमा क्वेटालाई ६ विकेटले हरायो । २ सय २ रनको लक्ष्य लाहोरले निर्धारित २० ओभरको १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
लाहोरको जितमा कुशल परेराले अविजित अर्धशतकीय पारी खेले । कुशलले ३१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नट आउट रहँदै ६१ रन जोडे ।
अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहेकोमा कुशलले ४ तथा सिकन्दर राजाले समान १ चौका र छक्काको सहयोगमा ११ रन बनाए ।
राजाले छक्का र चौका प्रहार गर्दै टोलीलाई जिताएका थिए । राजाले ७ बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट २२ रन जोडे।
ओपनर मोहम्मद नइमले २७ बलमा १ चौका र ६ छक्काको सहयोगमा ४६ रन बनाए । अर्का ओपनर फखर जमाम ११ तथा भानुका राजापाक्षे १४ रनमा आउट भए ।
अब्दुल्लाह सफिक २८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४१ रन बनाए । क्वेटाका लागि उस्मान तारिक, मोहम्मद आमीर, अब्बार अहमद र फहिम असरफले समान १ विकेट लिए ।
त्यसअघि गद्दाफी क्रिकेट स्टेडियम लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनायो ।
क्वेटाका हसन नवाजले ४३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ७६ रनको अर्धशतकीय इनिङ खेले ।
आविष्का फर्नान्डो २९, फहिम असरफ २८, राइली रउसो र दिनेश चण्डिमल समान २२ तथा ओपनर फिना एलेन १२ रनमा आउट भए ।
लाहोरका कप्तान शाहिन शाह अफ्रिदीले ३, सलमान र्मिजा र हरिस रउफले समान २ तथा सिकन्दर राजाले १ विकेट लिए ।
लाहोर तेस्रो पटक पिएसएल च्याम्पियन बनेको हो । यसअघि सन् २०२२ तथा २०२३ को संस्करणमा लाहोर च्याम्पियन भएको थियो । सन् २०१९ को च्याम्पियन क्वेटा तेस्रो पटक उपविजेता बन्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]