default_image

7 months ago

May 29, 2025

आरसिबीलाई सहज लक्ष्य

828 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले मात्र १ सय २ रनको सहज लक्ष्य पाएको छ। पञ्जाब किंङ्स मात्र १ सय १ रनको कम योगफलमा समेटियो

न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा आरसिबीले टस जित्यो।

पहिले पञ्जाबलाई ब्याटिङको लागि उतार्यो। पञ्जाबले निराशाजनक ब्याटिङ गर्यो। निर्धारित २० ओभरको खेलमा १४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो।

आरसिबीका बलर सामु कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। न त साझेदारी बन्न सक्यो। न त कुनै एक खेलाडीले इनिङ्स नै सम्हाल्न सके। मार्कस स्टोनिसले सबैभन्दा बढी २६ रन तथा प्राभसिम्रन सिंह र अज्मतुल्लाह ओम्रजाइले समान १८ रन बटुले।

यी तीन बाहेक अन्य ब्याटरले दोहोरो रन छुन सकेनन्। पञ्जबाले ११ रन एक्स्ट्रा पाएको थियो।
बलिङमा सानदार प्रदर्शन गरेको आरसिबीको लागि सुयष शर्माले सबैभन्दा किफायती बलिङ गरे। ३ ओभरमा १७ रन दिएर ३ विकेट लिए।

यस्तै जोश हेजलउडले पनि ३ विकेट झारे। उनले ३ ओभर १ बलमा २१ रन खर्चेर ३विकेट लिए। यश दयालले २ विकेट झारे।

पञ्जाब र आरसिबीबीचको खेलको विजेताले आइपिएलको फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि फेरि मौका पाउने छ । आज पराजित हुने टोलीले शुक्रवार इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।

शुक्रवार हुने इलिमिनेटर खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सको सामना गर्नेछ । आरसिबी र पञ्जाबबीच हालसम्म ३५ खेल भएका छन् । पञ्जाबले १८ खेलमा जित हात पार्दा १७ खेलमा आरसिबी विजयी भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.