default_image

7 months ago

June 1, 2025

निलकण्ठलाइ धादिङ यु-१९ को उपाधि, अप्सरा र सानियालाई सम्मान

267 views

0 Bookmark

धादिङ(हाम्रो खेलकुद) – निलकण्ठ नगरपालिकाले धादिङ अन्तरपालिका स्तरीय यु-१९ टि ट्वान्टी क्रिकेट प्रतियोगिताकाे फाइनलमा बेनीघाट रोराङलाई पराजित गर्दै उपाधि जितेको छ ।

१ सय ५२ रनको लक्ष्य पछ्याएको बेनीघाट रोराङ ९७ रनमा समेटियो । बेनिघाटका लागि सुरुवाती ब्याटरहरुले खासै रन बनाउन नसक्दा सुरुमै दवावमा परेको थियो ।

तर, मध्यक्रमका ब्याटर इशाक मियाले ३५ बलमा नटआउट रहदै ब्यक्तिगत ५६ रनको योगदान दिए । बेनिघाटका अर्का ब्याटर वीलियम श्रेष्ठले १६ बलमा १९ रनको योगदान दिएका थिए ।

बलिङ तर्फ नीलकण्ठ नगरपालिका कृतन गुरुङले ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यस्तै राहुल रोक्काले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको नीलकण्ठले ७ विकेटको गुमाएर १ सय ५१ रनको योगफल तयार गरेको थियो । निलकण्ठका लागि ब्याटर सन्दिप श्रेष्ठले ३१ बलमा सर्वाधिक ६१ रन जोड्दा अर्का ओपनर सुसान रेग्मीले ३५ बलमा ४५ रनको योगदान दिए ।

बलिङ तर्फ बेनिघाटका अनमोल पाण्डेले २ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे । त्यस्तै बेनिघाटका अर्का बलर श्रीजन पाण्डेले ३ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए ।

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा जेष्ठ १५ देखि भएको प्रतियोगितामा नीलकण्ठका सन्दिप श्रेष्ठ उत्कृष्ट खेलाडी तथा नीलकण्ठ कै आयुष भट्ट उत्कृष्ट बलर घोषीत भए ।

उत्कृष्ट ब्याटरमा बेनीघाट रोराङका श्रीजन पाण्डे र उदयमान खेलाडीमा बेनीघाट रोराङका १२ वर्षिय अनमोल पाण्डे घोषित भएका थिए ।

प्रतियोगीताकै अवसरमा धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट संघको तर्फबाट सम्मान गरिएको थियो ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनीघाट रोराङका पालिका प्रमुख कृष्ण बहादुर थपलिया, विशेष अतिथि नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्य मान्यता तयारी मा रहेको धादिङले घरेलु क्रिकेटमा काम गर्दै आएको छ । सिनियरतर्फ धादिङ टि ट्वान्टी लिग आयोजना गर्दै आएको छ ।

यस वर्ष जिल्ला लिग थप उत्कृष्ट गर्ने तयारी गरेको संघका अध्यक्ष दिपेश कंडेलले बताए । धादिङ दुई वर्ष अघि बागमति प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता मा उप विजेता बनेको थियो । त्यस बेला काठमाडौं , काभ्रे र रसुवालाई हराउदा फाइनलमा मकवानपुरसँग हार्न पुगेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.