default_image

7 months ago

June 2, 2025

फाइनल पुग्न पञ्जाबलाई विशाल लक्ष्य

903 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनल पुग्नका लागि मुम्बई इण्डियन्सले पन्जाब किंग्सलाई २ सय ४ रनको विशाल लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन बनाएको छ ।

मुम्बईका सूर्यकुमार यादवले र तिलक बर्माले सर्वाधिक समान ४४ रन बनाए । जोनी ब्रेयस्ट्रो २४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन जोडे ।

नमन धिर १८ बलमा ३७ तथा कप्तान हार्दिक पाण्ड्या १३ बलमा १५ रनमा आउट भए ।

पञ्जाबका अजमतुल्लाह उमरजाइले २, विजय कुमार बैशाख, युजभेन्द्र चहल,कायल जेमिन्सन र मार्कस स्टोइनसले समान १ विकेट लिए ।

पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग पराजित पन्जाबले इलिमिनेटरको विजेता मुम्बईको सामना गरेको हो । इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बईले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो ।

पहिलो क्वालिफायरमा पराजित पञ्जाबले फाइनल प्रवेशका लागि दोस्रो मौका पाएको हो । पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएको आरसिबीले फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायसको विजेता टोलीले मंगलवार उपाधिका लागि आरसिबीसँग खेल्नेछ ।

यो सिजनमा मुम्बई र पञ्जाबले १ पटक खेलेका छन् । त्यसमा पञ्जाब ७ विकेटले विजयी भएको थियो । मुम्बई र पञ्जाब आइपिएलको इतिहासमा यसअघि ३३ पटक आमनेसामने भएका छन् । जसमा मुम्बई १७ पटक र पञ्जाब १५ खेलमा विजयी भएको छ । १ खेल बराबरीमा सकिएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.