7 months ago
June 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान विपिन प्रसाद शर्माको ५ विकेट लिएपछि कर्णाली प्रदेशले टिबी शाह मेमोरियल यु १६ राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
कालिन्चोक क्रिकेट मैदान सुर्खेतमा भएको प्रतियोगिताको दोस्रो खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको छ।
५६ रनको लक्ष्य कर्णालीले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा नेत्र विक्रम खत्रीले २० बलमा सर्वाधिक १५ रन जोडे । कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका कप्तान सचिन भट्टले ३, रवि दमाई र सुवोध तिवारीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभरमा ५५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि ओपनर विक्रम बोहोराले २१ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका ६ ब्याटरले रनको खाता नै खोल्न सकेनन् । सुदूरपश्चिमको इनिङ धरासाही बनाउँन कर्णालीका कप्तान विपिनले ४ ओभरमा २ रन खर्चिएर ५ विकेट लिए । विजय बाहोराले ३ र नविन न्यौपानेले २ विकेट लिए ।
पहिलो खेलमा मधेश प्रदेशसँग पराजित कर्णाली २ खेलबाट २ अंकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम पहिलो खेलमा कोशी प्रदेशसँग पराजित भएको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]