7 months ago
June 4, 2025
एजेन्सी – मुम्बई इण्डियन्सका ब्याटर सूर्यकुमार यादवइण्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वोत्कृष्ट खेलाडी भएका छन् ।
मुम्बईलाई दोस्रो क्वालिफायर्ससम्म पुर्याउन सूर्यकुमारले ब्याटिङ महत्वपूर्ण भूमिका खेलेका थिए । उनले १६ खेलमा ५ अर्धशतकको सहयोगमा ७ सय १७ रन बनाएका थिए । आइपिएलको सर्वाधिक रनकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका थिए ।
यस्तै, सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहने खेलाडीले प्राप्त गर्ने ओरेन्ज क्याप गुजरात टाइटन्सका खेलाडी साई सुदर्शनले प्राप्त गरेका छन् ।
सुदर्शनले १५ खेलमा १ शतक र ६ अर्धशतक सहित ७ सय ५९ रन बनाएका थिए । उनले ८८ चौका र २१ छक्का प्रहार गरेका थिए ।
सुदर्शनले यस संस्करणमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको अवार्ड समेत प्राप्त गरे। सुदर्शनले यस संस्करणमा ८८ चौका प्रहार गरेका थिए ।
यो संस्करणमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको अवार्ड लखनउ सुपर जायन्ट्सका निकोलस पुरनले प्राप्त गरे । उनले प्रतियोगिताभर ४० छक्का प्रहार गरेका थिए ।
सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहँदै पर्पल क्याप प्रसिद्ध कृष्णाले प्राप्त गरे । उनले गुजरात टाइटन्सका लागि २५ विकेट लिएका थिए ।
साइ सुदर्शनले सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको अवार्डसमेत हात पारे । राजस्थानबाट खेले वैभव सूर्यवंशीले २ सय ७ को स्ट्राइक-रेटका साथ सिजनको सुपर स्ट्राइकर अवार्ड जिते ।
सिजनको फेयर प्ले अवार्ड चेन्नई सुपर किंग्सले जित्यो । उत्कृष्ट पिच र ग्राउन्ड अवार्ड दिल्ली क्रिकेट संघले जित्न सफल भयो । सिजनको उत्कृष्ट क्याच सनराइजर्र्स हैदराबादका कामिन्दु मेन्डिसले डेवाल्ड ब्रेभिस क्याचमा पाए ।
फाइनल खेलको प्लेयर अफ द म्याच भने च्याम्पियन टोलीका कुर्नाल पाण्ड्या भए । उनले २ महत्वपुर्ण विकेट लिएका थिए ।
मंगलवार राति सकिएको यस संस्करणमा १८ वर्षको इतिहासमा पहिलो पटक रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) आइपिएल च्याम्पियन भएको थियो । आरसिबीले फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेको थियो ।
आइपिएल २०२५ – पुरस्कारहरुको पूर्ण सूची
आइपिएल २०२५ च्याम्पियन – रोयल च्यालेन्जर्स बेंगलुरु
आइपिएल २०२५ उपविजेता – पञ्जाब किंग्स
उत्कृष्ट पिच र ग्राउन्ड अवार्ड – दिल्ली क्रिकेट संघ
सर्वोत्कृष्ट खेलाडी: सूर्यकुमार यादव
ओरेन्ज क्याप – साई सुदर्शन (७५९ रन)
पर्पल क्याप विजेता – प्रसिद्ध कृष्ण (२५ विकेट)
फेयर प्ले अवार्ड – चेन्नई सुपर किंग्स
उत्कृष्ट क्याच: कामिन्दु मेन्डिस
धेरै डट बलहरू फ्याक्ने : मोहम्मद सिराज (१५१ डट)
सबैभन्दा धेरै चौका – साई सुदर्शन (८८ चौका)
धेरै छक्का – निकोलस पूरन (४० छक्का)
सुपर स्ट्राइकर -वैभव सूर्यवंशी (२०७)
उदयीमान खेलाडी- साई सुदर्शन
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]