7 months ago
June 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अभय यादवको ७ विकेटको सहयोगमा मधेश प्रदेशले टिबी साह मेमोरियल यु १६ प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्यो । गण्डकीले दिएको १ सय ५ रनको लक्ष्य मधेशले १४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा ओपनर सुसान्त सिंहले १५ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५ रन जोडे । शेख अर्मन १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २३ रनमा अविजित रहे ।
माहि यादव १८ बलमा १३ तथा नुमअर अहमद १० रनमा आउट भए । गण्डकीका लागि राज परियारले ३ तथा कप्तान सुप्रिम सुनार र अनिश राउतले समान १ विकेट लिए ।
त्यसअघि विरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा टस जितेर गण्डकीले पहिले ब्याटिङ गरेकोमा ३२.२ ओभरमा १ सय ४ रनको योगफलमा समेटिएको थियो ।
गण्डकीका लागि रोज श्रेष्टले ३२ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक २० रन जोडे । रमित कँडेल १५, विनय कार्की १४, कप्तान सुप्रिम सुनार ११ रनमा आउट हुँदा करण गैरे १० रनमा अविजित रहे ।
गण्डकीको इनिङ धराशाही बनाउँन मधेशका लागि अभयले ८.२ ओभरमा १९ रन खर्चिएर ७ विकेट लिए । धिरेन्द्र पासवानले २ तथा नुमअर अहमदले १ विकेट लिए ।
मधेशले पहिलो खेलमा कर्णाली प्रदेशलाई ९२ रनले पराजित गरेको थियो । मधेश २ खेलमा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । गण्डकी पहिलो खेलमा लुम्बिनी प्रदेशसँग फराकिलो अन्तरले पराजित भएको थियो । २ खेलमा गण्डकी अंक बिहिन रहेको छ ।
सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा सात प्रदेश सहभागी रहेकाे छ । लिग चरणको खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल जेठ ३१ गते हुनेछ ।
यस प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]