default_image

6 months ago

June 4, 2025

अभयको ७ विकेटमा मधेशको लगातार दोस्रो जित

485 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अभय यादवको ७ विकेटको सहयोगमा मधेश प्रदेशले टिबी साह मेमोरियल यु १६ प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्यो । गण्डकीले दिएको १ सय ५ रनको लक्ष्य मधेशले १४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा ओपनर सुसान्त सिंहले १५ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५ रन जोडे । शेख अर्मन १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २३ रनमा अविजित रहे ।

माहि यादव १८ बलमा १३ तथा नुमअर अहमद १० रनमा आउट भए । गण्डकीका लागि राज परियारले ३ तथा कप्तान सुप्रिम सुनार र अनिश राउतले समान १ विकेट लिए ।

त्यसअघि विरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा टस जितेर गण्डकीले पहिले ब्याटिङ गरेकोमा ३२.२ ओभरमा १ सय ४ रनको योगफलमा समेटिएको थियो ।

गण्डकीका लागि रोज श्रेष्टले ३२ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक २० रन जोडे । रमित कँडेल १५, विनय कार्की १४, कप्तान सुप्रिम सुनार ११ रनमा आउट हुँदा करण गैरे १० रनमा अविजित रहे ।

गण्डकीको इनिङ धराशाही बनाउँन मधेशका लागि अभयले ८.२ ओभरमा १९ रन खर्चिएर ७ विकेट लिए । धिरेन्द्र पासवानले २ तथा नुमअर अहमदले १ विकेट लिए ।

मधेशले पहिलो खेलमा कर्णाली प्रदेशलाई ९२ रनले पराजित गरेको थियो । मधेश २ खेलमा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । गण्डकी पहिलो खेलमा लुम्बिनी प्रदेशसँग फराकिलो अन्तरले पराजित भएको थियो । २ खेलमा गण्डकी अंक बिहिन रहेको छ ।

सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा सात प्रदेश सहभागी रहेकाे छ । लिग चरणको खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल जेठ ३१ गते हुनेछ ।

यस प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.