7 months ago
June 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्याण्ड्सले आइसिसी विश्वकप लिग टु अन्तर्गत बुधबारको खेलमा नेपालविरुद्ध टस जितेको छ ।
स्कटल्याण्डको डन्डीमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर ब्याटिङ रोजेका हुन् । नेदरल्याण्ड्सविरुद्ध नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालले सोमबार स्कटल्याण्डसँग खेलेको टोलीमा १ परिवर्तन भएको छ । रिजन ढकालको स्थान ललितनारायण राजवंशीले टिममा मौका पाएका छन् ।
पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल जितको लयलाई निरन्तरता दिन चाहन्छ । यस सिरिजको पहिलो खेल खेल्दै गरेको नेदरल्याण्ड्स पनि सुखद सुरुवातको अपेक्षामा छ ।
नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा ५ भेट भएको छ । जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएको छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १३ खेलमा ८ अंकका साथ लिगको सातौं स्थानमा छ भने नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।
नेपालको प्लेइङ – ११
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]