7 months ago
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोशन शाहीको अलराउण्ड प्रदर्शनमा कर्णालीले बिहीवार टिबी साह मेमोरियल राष्ट्रिय यु१६ प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गरेको छ ।
तेस्रो खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा कर्णालीले बागमतीलाई ३ विकेटले हराएको हो । २ सय ३९ रनको लक्ष्य कर्णालीले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा रोशनले अर्धशतक बनाउँनुको साथै ३ विकेट लिए । रोशनले ६५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६९ रन जोडे ।
भुपेन्द्रजंग शाही ५० बलमा ७ चौका र ३ छक्कासहित ६७ रनको अर्धशतकीय पारी खेले । ओपनर कस्तुप खड्का ५४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रनमा आउट भए ।
विजय बाहोरा १४ तथा नमन सिंह थापा १३ रनमा आउट भए । बागमतीका लागि कप्तान प्रसिद्ध जैशी र रोमन भट्टराईले समान २ तथा राजेश बोहोरा, रोहित ठाकुर र कमल शाहीले समान १ विकेट लिए ।
कालिन्चोक क्रिकेट मैदान सुर्खेतमा त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले ४७.५ ओभरमा अल आउट हुँदै २ सय ३८ रन बनायो ।
बागमतीका लागि जोय थापाले १ सय १ बलमा ९ चौकाको सहयोगमा सर्वाधिक ७० रन जोडे । शिवशक्ति महतो ८१ बलमा ५ चौकाको सहयोगमा ४६ रर बनाए ।
ओपनर सुर्याशुं कोइराला ४०, राजेश बोहोरा १८, कप्तान प्रसिद्ध १६, रोहत ठाकुर १३ रनमा आउट भए । कर्णालीका लागि कैलाश खड्काले ४, रोशनले ३, कप्तान विपिन शर्माले २ तथा विजय बोहोराले १ विकेट लिए ।
पहिलो खेलमा पराजित कर्णालीले त्यसपछिका दुई खेलमा जितका साथ ४ अंक बनाएको छ । पहिलो खेलमा विजयी बागमतीको २ अंक छ ।
सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छ । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।
यो प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]