default_image

7 months ago

June 5, 2025

कविराजको ६ विकेटमा कोशीको जित

542 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कविराज खत्रीको ६ विकेटको सहयोगमा कोशी प्रदेशले टिबी साह मेमोरियल राष्ट्रिय यु-१६ प्रतियोगितामा जित हासिल गरेको छ ।

तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार कोशीले लुम्बिनी प्रदेशलाई २१ रनले हरायो । १ सय ८२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३४.३ ओभरमा अल आउट हुँदै १ सय ६० रन समेटियो ।

लुम्बिनीका लागि अघिल्लो खेलमा दोहोरो शतक बनाएका रौनक श्रीवास्तव र आरिफ खानले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । श्रीवास्तव ७२ बलमा ९ चौकाको सहयोगमा ६६ रन बनाए ।

आरिफले ४७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५० रन जोडे । लक्ष्मण कुमालले १२ रन बनाउनु बाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एक समय १ सय ११ रनमा ३ विकेट गुमाएर बलियो स्थितिमा रहेको लुम्बिनीले बाँकी ४९ रन जोड्दा ७ विकेट गुमायो ।

कोशीका कविराजले ८.३ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । सुयोग भट्टराईले ३ तथा रविन मण्डलले १ विकेट आफ्नो नाममा गरे ।

विरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले ४९ ओभरमा अल आउट हुँदै १ सय ८१ रन बनायो ।

कोशीका ओपनर अलिस मण्डलले ९४ बलमा १० चौकाको सहयोगमा सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेले ।

रविन मण्डल ७७ बलमा २ चौकाको सहयोगमा ३९ रनमा आउट भए । कप्तान शिवान्स बजगाईं १७ तथा सुयोग भट्टराई १६ रनमा आउट भए । लुम्बिनीका लागि लक्ष्मण कुमालले ४, प्रिन्स पालले ३ तथा चन्द्र थापाले २ विकेट लिए ।

कोशीले ४ अंक बनाएको छ । दोस्रो खेलमा पहिलो हार बेहोरेको लुम्बिनीको २ अंक छ ।

सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छन् । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।

यो प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ को लागि छनोटका रुपमा समेत रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.