6 months ago
June 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश टिबी साह मेमोरियल यु१६ क्रिकेट प्रतियोगितामा दोस्रो जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
तेस्रो खेलमा दोस्रो जित हासिल गर्ने क्रममा शुक्रवार लुम्बिनीले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्यो । ९३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा आरिफ खानले १९ बलमा ७ चौकाको सहयोगमा अविजित रहँदै ३६ रन जोडे । ओपनर केशव विष्ट ४५ बलमा ४ चौकाको सहयोगमा २८ रनमा नट आउट रहे । ओपनर समिर अली मुसलमान १९ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा आउट भए ।
त्यसअघि कालिन्चोक क्रिकेट मैदान सुर्खेतमा टस जितेर ब्याटिङको गरेको कर्णाली ३१.१ ओभरमा ९२ रनमा अल आउट भयो ।
कर्णालीका लागि अघिल्लो खेलमा अर्धशतक बनाएका रोशन शाहीले सर्वाधिक ३३ रन जोडे । ओपनर कस्तुप खड्का १७ तथा विजय शाही १३ रनमा आउट भए । कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो खेलमा जित, दोस्रो पराजित लुम्बिनी तेस्रो खेल जित्दै ४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा हार र त्यसपछिका २ खेल जितेको कर्णाली ४ अंकमा रहेको छ ।
सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छ । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।
यो प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]