6 months ago
June 7, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको पहिलो टि ट्वान्टी आईमा जित हासिल गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा घरेलु टोलीले वेस्ट इण्डिजलाई २१ रनले पराजित गरेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको पाहुना टोली २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ६७ रन मात्र बनाउन सक्यो ।
वेस्ट इण्डिजका लागि ओपनर इभन लुईसले २३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३९ रन जोडे । रोस्टन चेस २४, जोनसन चार्ल्स १८, रोमारियो शेफर्ड १६, आन्द्रे रसल १५ तथा रोभमन पावेल १३ रनमा आउट भए ।
घरेलु टोलीका लागि लिम ड्वासनले ४, जोकेब बेथहेल र म्याथु पोट समान २ तथा आदिल राशिदले १ विकेट लिए ।
त्यसअघि इङ्ग्ल्याण्डको रिभरसाइड क्रिकेट मैदानमा टस जितेर घरेलु टोलीले ब्याटिङ रोजेकोमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनायो । घरेलु टोलीका लागि जोस बटलरले ५९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ९६ रन जोडे ।
जेमी स्मिथ ३८ र विल ज्याक्स ९ रनमा आउट हुँदा जोकब बेथहेल २३ रनमा नट आउट रहे । वेस्ट इण्डिजका लागि रोमारियो शेफर्डले २ तथा रोस्टन चेस, आन्द्रे रसल र अल्जारी जोसेफले समान १ विकेट लिए ।
दुईबीचको ३ खेलको ओडिआई सिरिजमा घरेलु टोलीले क्लिन स्विप गरेको थियो । दुईबीचको दोस्रो टि ट्वान्टी खेल आइतबार भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]