default_image

6 months ago

June 8, 2025

ओडिआईमा दीपेन्द्रको १ हजार रन पूरा

1345 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओडिआई क्रिकेटमा १ हजार रन पूरा गरेका छन् ।

आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध खेलमा दीपेन्द्रले १ हजार रन पूरा गरेका हुन् ।

३०.२ ओभरमा मार्क वाटको बलमा १ रन लिदै दीपेन्द्रले १ हजार रन पूरा गरेका हुन् । दीपेन्द्रले ६३ ओडिआई खेलमा १ शतक र ३ अर्धशतकको सहयोगमा १ हजार रन पूरा गरेका हुन् ।

नेपालका लागि ओडिआईमा १ हजार रन पूरा गर्ने दीपेन्द्र पाँचौ खेलाडी हुन् । यसअघि कप्तान रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेलले १ हजार रन पूरा गरिसकेका थिए । नेपालका लागि ओडिआईमा सर्वाधिक रन प्रहार गर्नेमा कप्तान रोहित शीर्ष स्थानमा छन् ।

नेपालले अहिले ३१ ओभरको समाप्तीमा १ सय ६१ रन बनाएको छ । क्रिजमा दीपेन्द्रको साथमा भीम सार्की रहेका छन् ।

नेपालले पहिलो विकेटका रुपमा २० बलमा १७ रनमा खेलिरहेका कुशल भुर्तेललाई गुमाएको थियो । कुशल र आसिफबीचमा समझदारी नबन्दा उनले रन आउटको सिकार हुनु पर्यो ।

दोस्रो विकेटका रुपमा नेपालले अर्का ओपर आसिफलाई ८ बलमा ८ रनमा गुमायो । तेस्रो विकेटका रुपमा नेपालले कप्तान रोहितकुमार पौडेललाई ३ रनमा गुमायो ।

भीमसँग चौथो विकेटका लागि बलियो साझेदारी गरिरहेका आरिफ शेख ५५ बलमा ३९ रन बनाउदै आउट भए । आरिफ र भीमले ९४ रनको साझेदारी गरेका थिए ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले दिएको ३ सय २४ को लक्ष्य पछ्याईरहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.