default_image

6 months ago

June 9, 2025

गण्डकीलाई हराउँदै बागमती शीर्ष स्थानमा

420 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई हराउँदै बागमती टिबी शाह राष्ट्रिय यु-१६ प्रतियोगितामा शीर्ष स्थानमा उक्लिएको छ ।

बागमती सोमवार प्रदेशले गण्डकीलाई ८ विकेटले पराजित गरेको हो । १ सय ४ रनको सामान्य लक्ष्य बागमतीले २१.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

बागमतीका जोय थापाले ५३ बलमा ३ चौकाको सहयोगमा अविजित रहँदै सर्वाधिक ३४ रन जोडे । कप्तान प्रसिद्ध जैसी ३६ बलमा २० तथा ओपनर सुर्याशुं कोईराला १३ बलमा १८ रनमा आउट भए ।

गण्डकीका लागि सैलेश काफ्ले तथा सुशिल भुषालले समान १ विकेट लिए ।

त्यसअघि कालिन्चोक क्रिकेट मैदान सुर्खेतमा टस जितेर ब्याटिङ रोजेको गण्डकी ३८.१ ओभरमा १ सय ३ रनमा समेटियो ।

गण्डकीका कप्तान सुप्रिम सुनार ५८ बलमा ६ चौकासहित सर्वाधिक ३२ रनमा आउट भए । रिदम पाण्डेले २४ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका लागि सुशिल साउदले ४, शिवशक्ति महतोले ३ तथा इशान शाहले २ विकेट लिए ।

४ खेलमा ६ अंकका साथ बागमती शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएका मधेश र कोशीलाई बागमतीले रन रेटमा पछि पारेको छ । ४ खेलमा अंक विहिन गण्डकी भने तालिकाको पुछारमा छ ।

सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छ । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।

यो प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.