default_image

6 months ago

June 9, 2025

मधेशले कोशीलाई हरायो

406 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले टिबी शाह राष्ट्रिय यु-१६ प्रतियोगितामा कोशीलाई हराएको छ ।

सुर्खेतमा जारी प्रतियोगितामा सोमवार कोशी प्रदेशले मधेशसँग ६ विकेटको हार बेहोरेको हो । १ सय १६ रनको सामान्य लक्ष्य मधेशले १३.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मधेशको जितमा कप्तान परिमार्जन यादवले अर्धशतकीय ईनिङ खेले । परिमार्जनले २९ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रन जोडे ।

सुशान्त सिंह २२ बलमा ३ चौका र १ छक्काको २३ रनमा आउट भए । सन्तु मण्डल १० बलमा १६ रनमा अविजित रहे ।

कोशीका लागि कविराज खत्रीले २ तथा सुयोग भट्टराई र हार्दिक गोथियाले समान १ विकेट लिए ।

त्यसअघि विरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा टस जितेर ब्याटिङ रोजेको कोशीले ४१.२ ओभरमा १ सय १५ रनमा अल आउट भयो ।

कोशीका अलिस मण्डलले ५० बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ३० रन जोडे । कप्तान शिवान्स बजगाईं, सुगम बुढाथोकी र कविराज खत्री समान १३ रनमा आउट भए ।

मधेशका लागि अभय यादवले ४, नुमैर अहमदले ३, रोहन यादवले २ तथा सलमान अलिले १ विकेट लिए ।

५ खेलमा ६ अंक बटुलेको मधेश दोस्रो स्थानमा छ । समान खेलमा कोशी ६ अंकका साथ तेस्रो स्थानमा छ ।

सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छ । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।

यो प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.