6 months ago
June 10, 2025
एजेन्सी – वेष्टइण्डिजका विकेटकिपर तथा आक्रामक ब्याटर निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत सन्न्यासको घोषणा गरेका हुन् । २९ वर्षीय पुरनले वेष्टइण्डिजबाट ६१ ओडीआई र १०६ टी२० आई खेल खेलेका छन् । उनले टी२० आईमा २०१६ मा पाकिस्तानविरुद्ध तथा ओडीआईमा २०१९ मा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए ।

पुरन अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा बढी ब्यस्त हुँदा राष्ट्रिय टोलीमा विश्वकप वा छनोटका खेलहरु बढी खेल्दै आएका थिए । वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट टी२० ब्याटर उनको सन्न्यास क्रिकेट बोर्डसँग केही असन्तुष्टिको कारण हुनसक्ने बुझिएको छ । वेष्टइण्डिज इंग्ल्यान्ड भ्रमणमा तीन टी२० आई सिरिज खेल्न आएको छ । तीन खेलको सिरिज वेस्टइण्डिजले एक खेल अगावै गुमाएको छ ।
पछिल्लो समय आफ्नो स्तर खस्किएपछि वेष्टइण्डिजले आफ्ना सबै स्टार खेलाडीलाई नियमित सिनियर टोलीबाट खेल्न आग्रह गरेको थियो । तर पुरनले आईपीएल सम्पन्नपछि पनि अस्वीकार गर्दै इंग्ल्यान्डविरुद्ध थिएनन्् । वेष्टइण्डिज क्रिकेट बोर्डले देशलाई दिएको सेवाको बारे धन्यावाद दिर्दै सन्न्यासको पुष्टि गरेको छ ।
२०२३ को एकदिवसीय विश्वकप छनोटमा नेपाललाई हराउन पुरनले ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको शतकीय इनिंग खेलेका थिए । अघिल्लो साता सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्सट्सबाट खेल्दै पुरनले १४ खेलमा ४ सय २४ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ओडीआईमा पछिल्लो पटक विश्वकप छनोटमा सन् २०२३ मा पुरनले श्रीलंकाविरुद्ध खेलेका थिए । नेदरल्याण्ड्ससँग स्तब्ध भएको वेष्टइण्डिज २०२४ को विश्वकपमा पुग्न सकेको थिएन । टी२० आई उनले २०२४ डिसेम्बरमा बंगलादेशविरुद्ध खेलेका थिए । पुरनले २०२१ र २०२२ मा वेष्टइण्डिजको नेतृत्व गरेका थिए । उनको कप्तानीमा वेष्टइण्डिजले टी२० आईमा २३ खेलमा ८ खेल जित्दा १४ खेल हारेको थियो ।
पुरनको जीवनी पढ्नुहोस् : डरलाग्दो दुर्घटना देखि फिल्डिङको ‘बेन्चमार्क’ सम्म
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]