default_image

6 months ago

June 10, 2025

चोटका कारण सोमपाल र गुलशन नखेल्ने

821 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा नेपाली टोलीका सोमपाल कामी र गुलशन झाले खेल्ने छैनन् ।

नेपाल क्रिकेट संघ(क्यान) अनुसार सोमपाल र गुलशन अभ्यासका क्रममा घाइते भएका हुन् । उनीहरुले आजको खेल तथा टि ट्वान्टी आई सिरिज समेत गुमाउने छन् ।

‘आईसीसीको कार्यक्रम अनुसार हाल स्कटल्याण्डमा सञ्चालन भइरहेको आईसीसी विश्वकप लिग २ प्रतियोगितामा सहभागिता जनाईरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु सोमपाल कामी र गुल्सन झा प्रशिक्षण दौरान घाइते भएका छन् ,’ क्यानले भनेको छ।’

सोमपालको दायाँ हात तथा गुलशनको घुँडामा चोट लागेको बताइएको छ। त्यसैले दुबैले आजको खेल र टि ट्वान्टी सिरिज गुमाउनेछन्।

सोमपालले स्कटल्याण्डसँगको पछिल्लो खेलमा अर्धशतक बनाएका थिए। नेपालले स्कटल्याण्डसँग खेलेको टोलीबाट ३ परिवर्तन भएको छ । चोटग्रस्त सोमपाल र गुलशनसँगै आसिफ शेखलाई आराम दिएको छ। त्यसमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् ।

नन्दनको ओडिआई यो डेब्यु खेल हो । गत महिना मात्र नन्दनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडिआई खेल्ने ४२औं खेलाडी हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.