default_image

6 months ago

June 10, 2025

नन्दनले लिए ओडिआई डेब्यु विकेट

781 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर नन्दन यादबलाई ओडिआई डेब्यु विकेट लिएका छन् ।

स्कटल्याण्डमा जारी आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्ससँग जारी खेलमा डेब्यु गरेका नन्दनले खेलको चौथो ओभरको दोस्रो बलमा नेदरल्याण्ड्समा ओपनर म्याक्स ओ डाउडलाई आउट गरेका हुन् ।

नेदरल्याण्ड्सले २ सय ३७ रनको लक्ष्य पछ्याइरहेको छ । नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो।

नेपालका आरिफले अर्धशतकीय इनिङ खेले। ८५ बलमा ७ चौका र २ छक्कासहित उनले सर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो ।

आरिफले गत साता स्कटल्यानमडसँगको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए । आरिफले त्यो खेलमा ७८ रन बनाएका थिए ।

डेब्युमा ब्याटिङ गर्ने क्रममा नन्दनले नटआउट १० रन बनाए । नेपालका लागि ओडिआई खेल्ने नन्दन ४२औं खेलाडी हुन् । गत महिना मात्र उनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.