6 months ago
June 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली ब्याटर आरिफ शेख ‘प्लेयर अफ द म्याच’ भएका छन् ।
आरिफले नेदरल्याण्ड्सविरुद्ध ८५ बलमा ८४ रन बनाएका थिए । आरिफले ७ चौका र २ छक्का प्रहार गरेका थिए । आरिफले ओडिआई करियरको नवौं अर्धशतक प्रहार गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यसका साथै नेपाललाई जित दिलाउन नेदरल्याण्ड्सका पल भान मेकरमको क्याच समेत आरिफले लिएका थिए । गत साता नेदरल्याण्ड्सलाई नेपालले हराउँदा पनि महत्वपुर्ण अर्धशतक बनाएका आरिफ ‘प्लेयर अफ द म्याच’ भएका थिए ।
स्कटल्याण्डको डन्डीमा मंगलवार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराएको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९.२ ओभरमा २ सय २० रनमा अल आउट भयो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]