6 months ago
June 11, 2025
एजेन्सी – इंग्ल्यान्डले तेस्रो टि ट्वान्टी आई खेलमा वेष्ट इण्डिजमाथि ३७ रनको जित हात पार्दै सिरिजमा क्लिन स्विप गरेको छ ।
यसअघि सुरुवाती दुई खेल इंग्ल्यान्डले २१ रन र ४ विकेटले जितेको थियो ।
तेस्रो खेलमा जित्नलाई २ सय ४९ रनको विशाल लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनायो ।
वेष्टइण्डिजका रोभम्यान पावेलले ४५ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७९ रनको अविजित इनिंङ खेलेपनि जित्नलाई पर्याप्त भएन ।
कप्तान शाई होप २७ बलमा ३ चौका र ३ छक्कासहित ४५, शिम्रन हेटमायर २६, जेसन होल्डर २५, इभिन लुइस र जोनसन चाल्र्स समान ९ रनमा आउट भए ।
इंग्ल्यान्डका ल्युक वुडले ३, आदिल राशिदले २, बाइडेन केस,जेकोब बेथल र लियाम डावसनले समान १ विकेट लिए ।
त्यसअघि साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४८ रन बनाएको थियो ।
इंग्ल्यान्डका ओपनर बेन डकेटले ४६ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए ।
अर्का ओपनर जेमी स्मिथले २६ बलमा ४ चौका र ५ छक्कासहित ६० रन जोडे । ओपनर स्मिथ र डकेटले पहिलो विकेटलाई ८.५ ओभरमा १ सय २० रन जोड्दै इंग्ल्यान्डलाई सानदार सुरुवात दिलाएका थिए ।
त्यसपछि जस बटलर २२, ह्यारी ब्रुक ३५ र जेकोब बेथलले ३६ रनको योगदान दिए । वेष्टइण्डिजका अकिल हुसेन, गुडाकेश मोती र शेर्फान रदरफोर्डले समान १ विकेट लिए ।
तीन खेलमा १ सय ६५ रन बनाएका पूर्वकप्तान जस बटलर प्लेयर अफ द सिरिज चुनिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]