default_image

6 months ago

June 13, 2025

मुन्शे बने एकै ओडीआईमा सर्वाधिक रन बनाउने एसोसिएट क्रिकेटर

1536 views

0 Bookmark

एजेन्सी – स्कटल्याण्डका ओपनर ब्याटर जर्ज मुन्शे ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने एसोसिएट क्रिकेटर बनेका छन् । उनले आईसीसी विश्वकप लिग-२ मा नेदरल्यान्ड्सविरुद्ध १५० बलमा १४ चौका र ११ छक्कासहित १ सय ९१ रनको इनिङ खेल्दै उक्त दुर्लभ कीर्तिमान बनाएका हुन् ।

तीव्र गतिका बलर भिभियन किंग्माको बलमा बोल्ड भएपछि उनी दोहोरो शतक पूरा गर्ने पहिलो एसोसिएट क्रिकेटर बन्ने इतिहास लेख्नबाट ९ रनले पछि परे ।

यसअघि सन् २०१० मा आयरल्यान्डका पल स्टर्लिङले क्यानडाविरुद्ध बनाएको १७७ रन नै एसोसिएटबाट ओडीआईमा ब्यक्तिगत उच्च स्कोर हो ।

यद्यपी आयरल्याण्डले २०१७ मा भने टेस्ट मान्यता पाई सकेको छ । एसोसिएटतफै नै स्कटल्यान्डका पूर्व ब्याटर कलुम म्याकलेओडले २०१४ मा क्यानडाविरुद्ध १७५ रन बनाएका थिए । अमेरिका जसकरण मल्होत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध १७३ रन बनाए ।

तर मुन्शेको उक्त शतकका बाबजुद स्कटल्यान्ड ४ विकेटले हार्न पुग्यो । जित्नलाई ३ सय ७० रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।


नेदरल्यान्ड्सको जितमा हिरो बनेका ओपनर म्याक्स ओडाउडले १३० बलमा १३ चौका र ४ छक्कासहित १ सय ५८ रनको अविजित इनिङ खेले ।

ओडीआई इतिहासमा हालसम्म १२ दोहोरो शतक बनेका छन् । ती सबै टेस्ट टोलीका छन् । भारतीय ब्याटर रोहित शर्माले श्रीलंकाविरुद्ध २०१४ मा बनाएको २६४ रन ओडीआईमा एकै ब्याटरले खेलेको उच्च रन हो । रोहितले २०१७ मा श्रीलंकाविरुद्ध २०८ र २०१३ मा अष्ट्रेलियाविरुद्ध २०९ रन बनाएका थिए ।

रोहित शर्मा बाहेक ओडीआईमा भारतका ईशान किशन, शुभमन गिल विरेन्द्र सहभाग, सचिन तेन्दुलकर, पाकिस्तानका फखार जमान, श्रीलंकाका पाथुम निसांका, अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र न्युजिल्यान्डका मार्टिन गुप्टिलले दोहोरो शतक हानेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.