default_image

6 months ago

June 13, 2025

विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा बलर हाबी

1777 views

0 Bookmark

एजेन्सी – आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल २०२५ मा दोस्रो दिनपनि तीव्र गतिका बलर हाबी बनेका छन् । अष्ट्रेलिया १४४-८ को अवस्थामा दोस्रो दिनको खेल सकिएको छ ।

पहिलो इनिङमा ७४ रनले अग्रता लिएको साविक विजेता अष्ट्रेलिया समग्रमा २ सय १८ रनले अघिछ । अष्ट्रेलियाका मिचेल स्टार्क १६ र नाथन लायन १ रनबाट तेस्रो दिनको सुरुवात गर्नेछन् ।

दोस्रो दिनको खेल सकिनु भन्दा १० बल अगाडि एलेक्स केरी ५० बलमा ५ चौकासहित ४३ रनमा कागिसो रबाडाको बलमा एलबीडब्लू आउट भए । उनलाई दक्षिण अफ्रिकाले रिभ्यु लिदै प्लेभेलिन फर्काएको थियो । एक समय ७३-७ को अवस्थामा पुगेको अष्ट्रेलियालाई आठौं विकेटलाई केरी र स्टार्कले मिलेर ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर मार्नस लाबुसेन २२, उस्मान खवाजा ६, क्यामरन ग्रिन शून्य, स्टिभ स्मिथ १३, ट्रविस हेड र बेउ वेबस्टर ९-९ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडा र लुन्गी एनगिडीले ३-३ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिका १ सय ३८ रनमा अल आउट हुँदै अग्रता लिदै खेलमा बलियो पकड जमाउने अवसर गुमाएको थिया । कप्तान टेम्बा बभुमा ३६ र डेभिड बेडिङघमले ४५ रन जोड्न बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ र मिचेल स्टार्कले २ सिवकेट लिए । त्यसअघि लर्ड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया २ सय १२ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ६६ र वेउ वेबस्टरले ७२ रन जोडे । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ र मार्को यानसनले ३ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.