default_image

6 months ago

June 16, 2025

टि२०आईमा सयौं खेल खेल्दै नेपाल

887 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज सयौं खेल खेल्दैछ । सन् २०१४ को टि२० विश्वकपमा हङकङसँग खेल्दै सुरु भएको नेपालको टि२०आई यात्राले नेदरल्यान्ड्सविरुद्ध आज हुने खेलमा शतक पूरा गर्नेछ ।

नेपालले यसबीचमा नेदरल्यान्ड्ससँग नै सर्वाधिक १३ पटक खेलेको छ । टेस्ट राष्ट्रमा नेपालले बंगलादेशसँग विश्कपमा २ पटक प्रतिस्पर्धा गरेको छ । भारतसँग एसियाली खेलकुद र दक्षिण अफ्रीकासँग टि२० विश्वकपमा पनि खेलेको इतिहास छ ।

नेपालले टि२०आई इतिहासमा सबैभन्दा बढी जित मलेसियाविरुद्ध दर्ता गरेको छ । मलेसियाविरुद्ध १० मध्य ९ खेलमा नेपालले जित दर्ता गरेको छ । त्यस्तै सबैभन्दा बढी हार नेदरल्यान्ड्ससँग बेहोरेको छ । नेपालले १३ मध्य ७ खेलमा हार बेहोरेको छ ।

नेपालका लागि सर्वाधिक टि२०आई खेल्ने खेलाडीमा सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरी रहेका छन् । यी तीनैले समान ७८-७८ खेल खेलेका छन् । कप्तान रोहित पौडेलले ६३ खेल खेलेका छन् । सोमपाल नेपालले पहिलो पटक टि२०आई खेल्दा टोलीका सदस्य थिए, उनी यस टि२०आई सिरिजमा भने चोटका कारण टिमबाट बाहिर छन् ।

नेपालबाट हालसम्म ४९ खेलाडीले टि२०आई खेलेका छन् । पछिल्लो पटक नद्नन यादवले हङकङमा ४९ औं क्याप पाएका थिए । नेपालका लागि अमृत भट्टराई र भुवन कार्कीले १-१ खेल मात्र खेलेका छन् ।

नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टि२०आई सिरिजको खेल आज साँझ ७:४५ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा आइतबार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरिसकेको छ ।

नेपालले हालसम्म खेलेका ९९ खेलका प्रतिद्वन्द्वी :

अफगानिस्तान १, बंगलादेश २, भारत १, आयरल्यान्ड ३, दक्षिण अफ्रीका १, जिम्बावे २, भुटान १, क्यानडा ३, हङकङ १२, केन्या ५, कुवेत ३, मलेसिया १०, माल्दिभ्स ३, मंगोलिया १, नामिबिया २, नेदरल्यान्ड्स १३, ओमान ८, पपुवा न्यूगिनी ६, फिलिपिन्स १, कतार ३, साउदी अरब १, सिंगापुर ३, थाइल्याण्ड १, यूएई १०, अमेरिका ३

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.