default_image

6 months ago

June 16, 2025

तनहुँ टि२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलो पटक तनहुँ टि२० क्रिकेट प्रतियोगिता २०८२ आयोजना हुने भएको छ ।

तनहुँको व्यासस्थित पाटन खेल मैदानमा आयोजना हुने प्रतियोगिता असार ३ गतेदेखि ९ गतेसम्म हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक ललितपुरको क्यास्पियन भ्याली माध्यमिक विद्यालय रहेको छ ।

प्रतियोगितामा सहभागि ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्षस्थानमा रहने टिम र उत्कृष्ट दोस्रो स्थानको टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर तथा ब्याटर, उदीयमान खेलाडी तथा हरेक खेलको प्लेयर अफ द म्याचले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

सहभागी टिमहरू:

इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब, महालक्ष्मी क्रिकेट एकेडेमी, हिमालय स्पोर्ट्स एकेडेमी, आरसिबी क्रिकेट एकेडेमी, पेलिकन्स क्रिकेट क्लब, दमौली राइभल्स क्लब

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.