default_image

6 months ago

June 17, 2025

स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो

1282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डविरुद्ध त्रिकोणात्मक टि२०आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । हिजोको खेलमा चोट बोकेका नन्दन यादवको स्थानमा बसीर अहमद टोलीमा आएका छन् ।

नेपालको प्लेइङ ११:

लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, बसीर अहमद, रुपेश सिंह, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

आज नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अंक तालिकामा स्कटल्याण्ड २ अंकसाथ शीर्ष स्थानमा छ । नेपालले भने खाता खोल्न बाँकी छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.