default_image

6 months ago

June 21, 2025

विदुर मेयर कपको उपाधि वडा नम्बर ३ लाई

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको विशाल अन्तरले पराजित गर्यो । जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको वडा नम्बर-४ ले १८. ४ ओभरमा ८३ रनमा सबै विकेट गुमायो । वडा नम्बर-४ को ब्याटिंगमा किशोर अर्यालले सर्वाधिक २५ रन बनाए भने विकास लामिछानेले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वडा नम्बर-३ का बलर सुरज ओझाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिए । विधान खतिवडा र निरञ्जन थापाले २/२ विकेट तथा दिनेश सुबेदीले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको वडा नम्बर-३ ले २० ओभरमा ८ विकेट क्षेतीमा १८८ रन बनाएको थियो । वडा नम्बर-३ का ब्याटर मन्जित थपलियाले अविजित ९४ रनको योगदान दिए। प्लेयर अफ द फाइनल घोषित उनले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। राजेश रिजालले ४७ रन बनाए। वडा नम्बर-४ का बलर संजित तिवारी र किशोर अर्यालले २/२ विकेट लिए ।

वडा नम्बर-४ का विकास लामिछाने सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ पाए । उत्कृष्ट बलर वडा नम्बर-७ का हरिहर सुवेदी तथा उत्कृष्ट ब्याटर वडा नम्बर-३ का दिनेश सुवेदी, उदीयमान खेलाडीको अवार्ड वडा नम्बर ३ का सुरज ओझाले जिते । तिन विधाका उत्कृस्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई नुवाकोट क्रिकेट एसोसिएसनले समापन कार्यक्रममा सम्मानित गरेको छ । विजेता खेलाडीहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गर्नु भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.