6 months ago
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको विशाल अन्तरले पराजित गर्यो । जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको वडा नम्बर-४ ले १८. ४ ओभरमा ८३ रनमा सबै विकेट गुमायो । वडा नम्बर-४ को ब्याटिंगमा किशोर अर्यालले सर्वाधिक २५ रन बनाए भने विकास लामिछानेले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
वडा नम्बर-३ का बलर सुरज ओझाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिए । विधान खतिवडा र निरञ्जन थापाले २/२ विकेट तथा दिनेश सुबेदीले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको वडा नम्बर-३ ले २० ओभरमा ८ विकेट क्षेतीमा १८८ रन बनाएको थियो । वडा नम्बर-३ का ब्याटर मन्जित थपलियाले अविजित ९४ रनको योगदान दिए। प्लेयर अफ द फाइनल घोषित उनले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। राजेश रिजालले ४७ रन बनाए। वडा नम्बर-४ का बलर संजित तिवारी र किशोर अर्यालले २/२ विकेट लिए ।
वडा नम्बर-४ का विकास लामिछाने सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ पाए । उत्कृष्ट बलर वडा नम्बर-७ का हरिहर सुवेदी तथा उत्कृष्ट ब्याटर वडा नम्बर-३ का दिनेश सुवेदी, उदीयमान खेलाडीको अवार्ड वडा नम्बर ३ का सुरज ओझाले जिते । तिन विधाका उत्कृस्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई नुवाकोट क्रिकेट एसोसिएसनले समापन कार्यक्रममा सम्मानित गरेको छ । विजेता खेलाडीहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गर्नु भएको थियो ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]