6 months ago
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब ४० दिनको युरोप भ्रमण समाप्त गरेर आज स्वदेश फर्किएको छ ।
क्रिकेट टोली अपरान्ह त्रिभुवन विमानस्थलमा आइपुगेको हो । टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधीकारीहरुले स्वागत गरेका थिए ।
नेपाली टोली आइसिसी विश्वकप लिग २ को खेलका लागि स्कटल्याण्ड गएको थियो । स्कटल्याण्ड जानुअघि नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा अन्तिम तयारी गरेको थियो ।
नेपाली टोलीले तयारीका क्रममा युकेमा खेलिएको ५ वटै अभ्यास खेलमा विजयी हासिल गरेको थियो ।
स्कटल्याण्डमा लिग टु का खेल अघि स्कटल्याण्ड ए सँग २ अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा पराजित नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
त्यसपछि भएको नेदरल्याण्ड्स र घरेलु टोली रहेको लिग टु का ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो । लिग टु अन्तर्गतको सिरिज पश्चात भएको टि ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भयो । ३ देश सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा २ जितका साथ नेपाल दोस्रो भयो ।
यस पछि टि ट्वान्टी विश्वकपको तयारीका लागि नेपालको भारत, अस्ट्रेलिया र श्रीलंका भ्रमण रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]