default_image

6 months ago

June 23, 2025

चितवनले कुशलसहित ६ खेलाडी रिटेन गर्यो

2136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।

चितवनले आज एक विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो । स्थिर र प्रतिभावान टोली संरचना र थप सुदृढीकरण योजनासहित चितवन राइनोज एनपीएलको दोस्रो सिजनमा रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शनका लागि तयार अवस्थामा रहेको विज्ञप्तीमा जनाएको छ ।

चितवनले आफ्ना मार्की खेलाडी तथा कप्तान समेत रहेका कुशल मल्ललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । चितवनले रिटेन गरेको अन्य खेलाडीमा रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन् ।

रिटेन खेलाडीहरू

कुशल मल्ल
रिजन ढकाल
कमलसिंह ऐरी
दीपक बोहरा
अमरसिंह रौटेला
गौतम केसी

चितवनले अनुभवी खेलाडी शरद भेषवाकर लगायत ६ खेलाडीलाई रिलिज गरेको छ ।

रिलीज खेलाडीहरू

शरद भेषावकर
दिपेश श्रेष्ठ
बिपिन रावल
सन्तोष कार्की
रञ्जित कुमार
सलाउद्दिन खान

चितवन राइनोजले यस सिजन टिमसँग निरन्तरता नपाउने खेलाडीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.