6 months ago
June 24, 2025
एजेन्सी – ओपनर बेन डकेटले दोस्रो इनिङमा शतक पूरा गरेपछि पहिलो टेस्टमा इङ्ग्ल्याण्डले भारतलाई ५ विकेटले हराएको छ।
सन् २०२७ सम्म संचालन हुने वर्ल्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी ५ टेस्ट सिरिजमा घरेलु टोलीले १-० ले अग्रता बनाएको छ।
३ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले पाँचौं तथा अन्तिम दिन मंगलवार १४ ओभर बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्यो ।
इङ्ग्ल्याण्डका ओपनर डकेटले १ सय ४९ रनको महत्वपूर्ण इनिङ खेले । पहिलो विकेटका लागि डकेटले र ज्याक क्रलीले १ सय ८८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । क्रलीले ६५ रन बनाए ।
ओली पोप ८ रनमा आउट भए । तेस्रो विकेटका लागि डकेटले जो रुटसँग ४७ रनको साझेदारी गरे । रुट ५३ रनमा अविजित रहे ।
कप्तान बेन स्टोक्स र रुटले पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गरे । कप्तान स्टोक्स ३३ रन जोडे । रुसले विकेट किपर जेमी स्मिथले छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरे । स्मिथ ४४ रनमा अविजित रहे ।
भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिए ।
पहिलो इनिङमा ६ रनको अग्रता लिएको भारतले दोस्रो इनिङमा ३ सय ६४ रन जोडेपछि घरेलु टोलीले ३ सय ७१ रनको विशाल लक्ष्य पाएको थियो ।
दोस्रो इनिङमा भारतका लागि ऋषभ पन्त र केएल राहुलले शतक बनाएका थिए । पहिलो इनिङमा इङ्ग्ल्याण्डले ४ सय ६५ रन जोडेको थियो ।
त्यसअघि भारतले पहिलो इनिङमा पहिला कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो ।
दोस्रो टेस्ट असार १८ गते (जुलाई २) सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]