6 months ago
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) का बारेमा नेपाल क्रिकेट संघ(क्यान) का उपाध्यक्ष सहित सात जना केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका छन् ।
क्यानका उपाध्यक्ष रोशनकुमार सिंहसहित केन्द्रीय सदस्यहरु दुर्गाराज पाठक, प्रदिप मजगैया, विक्रम बिष्ट, माधव कर्माचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल तथा जयन्ती बिष्टले गत महिना संयुक्त रुपमा अध्यक्ष चतुरबहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
एनपिएल २ को तयारी हुदै गर्दा पहिलो संस्करणकै हिसाब बोर्डले माग्दा पाउन नसकेको भन्दै ध्यानाकर्षण गराइएको छ ।
नेपालले युएईमा वेस्ट इण्डिजसँग खेल्ने भनेको सिरिजका बारेमा समेत बोर्डलाई कुनै जानकारी समेत पत्रमा उल्लेख छ । क्यान केही व्यक्तिले व्यक्तिगत कम्पनीका रुपमा संचालन गरेको समेत पत्रमा भनिएको छ ।
‘अन्य महत्वपूर्ण कार्यहरूमा समेत संस्थागत प्रक्रिया, पारदर्शिता र सामूहिक निर्णय प्रणालीमा गम्भीर त्रुटि देखिएकोप्रति गम्भीर चिन्ता र असहमति प्रकट गर्न चाहन्छौं,’ पत्रमा भनिएको छ।
संस्थाको नीति, नियम र प्रक्रियामा रहेर गरिने निर्णयहरुमा बोर्डका सबै सदस्यहरुसँग छलफलपछि मात्र कार्यान्वयन गरिनु पर्ने सामान्य प्रक्रियालाई समेत बेवास्था गरिएको स्पष्ट देखिन्छ, पत्रमा भनिएको छ ,’ जसले संस्थालाई मजबुत र पारदर्शी बनाउनु भन्दा कमजोर र अपारदर्शी बनाउन तर्फ उन्मुख गराएको देखिन्छ ।’
‘एनपिएलका बारेमा केहि प्रश्न उठेका छन्। क्यानले राम्रो काम गर्दागर्दै प्रश्न उठेपछि हामीले पनि त्यसको जवाफ दिनुपर्ने हुन्छ । एनपिएल २ को तयारीको प्रसंग चलिरहँदा १ कै हिसाब अनुमोदन नभएकोले हामीमाथि प्रश्न तेर्सिएका हुनसक्छन्,’ क्यान उपाध्यक्ष सिंहले भने,’ त्यसैले हामीले राम्रो काम गरेका छौं सबैले मेहनत गरेका छौं भनेपछि सबै पारदर्शी गरिदिउ, त्यसले संस्थाको गरिमा बढ्छ भन्ने हाम्रो आशय हो।’
उनले गत महिना नै ध्यानाकर्षण पत्र अध्यक्ष लाई बुझाएको र उनले त्यसलाई बोर्ड बैठकमा राख्ने आश्वासन दिएको उपाध्यक्ष सिंहले जानकारी दिए ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]