default_image

6 months ago

June 26, 2025

निशंकाको शतकमा श्रीलंकाको अग्रता

562 views

0 Bookmark

एजेन्सी – ओपनर पथुम निशंकाको शतकमा घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा अग्रता लिएको छ ।

श्रीलंकाको सिन्हालिस स्पोट्स क्लब मैदानमा जारी दोस्रो टेस्टको पहिलो इनिङको जारी रहँदा घरेलु टोलीले ४३ रनको अग्रता लिएको छ । पाहुना टोली २ सय ४७ रनमा समेटिए पश्चात आफ्नो पहिलो इनिङको सुरुवात गरेको घरेलु टोलीले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाउदै २ सय ९० रन जोेडेको छ ।

घरेलु टोलीका दिनेश चण्डीमल ९३ तथा ओपनर लाहिरु उडारा ४० रनमा आउट भए । श्रीलंकाका पथुम निशंका १ सय ४६ रनमा अविजित रहदा उनलाई साथ दिन प्रभात जयसुर्याले भर्खरै क्रिजमा आएका छन् । बंगलादेशका लागि तैजुल इस्लाम तथा नइम हसनले समान १ विकेट हात पारेका छन् ।

त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली २ सय ४७ रनमा समेटिएको थियो । उसका लागि ओपनर शद्मन इस्लामले सर्वाधिक ४६ रन जोडेका थिए । श्रीलंकाका लागि आसिथा फर्नान्डो र सोनल दिनुशाले समान ३ विकेट लिएका थिए ।

दुई देशले पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दुवैबीच २ खेलको टेस्ट सिरिज लगत्तै ओडिआई र टि ट्वान्टी आई सिरिज समेत रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.