default_image

6 months ago

June 29, 2025

विपिनको ६ विकेट, नेपाल सेमिफाइनलमा

2832 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रसिद्ध जैसीको शतक र कप्तान विपिनप्रसाद शर्माको ६ विकेट सहयोगमा साविक विजेता नेपाल एसिसी मेन्स यु-१६ इस्ट जोन कप २०२५ को सेमिफाइनल प्रवेश गरेको छ ।

एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रमम नेपालले आज इण्डोनेसियालाई ३ सय ७० रनको विशाल अन्तरले हरायो ।

४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इण्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।

इण्डोनेसियाका लागि कविन निरज चन्दा ३४ बलमा १५ र दिभित नन्दा ३१ बलमा १४ रनमा आउट भए । इण्डोनेसियाका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इण्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिनले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले समान १ विकेट लिए ।

त्यसअघि मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको विशाल योगफल तयार गरेको थियो ।

नेपालका लागि ओपनर प्रसिद्धले १ सय १४ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय ३२ रनको शतकीय इनिङ खेले । पहिलो विकेटका लागि ओपनर प्रसिद्धले अर्का ओपनर परिमार्जन यादवसँग ६२ बलमा १ सय ३२ रनको विशाल साझेदारी गरे ।

परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय इनिङ खेले । दोस्रो विकेटका लागि क्रिजमा आएका शिवान्स बजगाईंले ६ बलमा ४ रन बनाए ।

29th June 2025, STC Oval, Kuala Lumpur . ACC U16 Men East Zone Cup 2025. Match 17 between Nepal and Indonesia (Photo by Vincent Phoon for Asian Cricket Council)

प्रसिद्धले तेस्रो विकेटका लागि रौनक श्रीवास्तवसँग मिलेर १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गरे । रौनकले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रनको अर्धशतकीय इनिङ खेले ।

पाँचौ विकेटका लागि सुगम बुढाथोकी र जोय थापाकाबीचमा ५७ बलमा ७४ रनको साझेदारी भयो । जोय ४१ बलमा ७ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले ।

छैठौं विकेटका लागि सगम र रोशन शाहीबीच बलमा ३३ रनको अविजित साझेदारी भयो । सुगम ३४ बलमा ३९ तथा रोशन १० रनमा अविजित रहे ।

इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ तथा कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ विकेट लिए ।

इण्डोनेसिया एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।

एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् ।

नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलवार भुटानसँग खेल्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.