6 months ago
June 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई मार्कीमा निरन्तरता दिएको छ ।
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि सोमपाल लाई नै निरन्तरता दिएको कर्णाली याक्सका सह -मालिक गृहेन्द्र घिमिरेले जानकारी दिएका छन्।
‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन् । त्यसैले दोस्रो संस्करणको लागि निरन्तरता दिने भएको छौं । उनीमाथि टिमको विश्वास छ,’ घिमिरेले भने ।
पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो । कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका पूर्व क्रिकेट खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको थियो ।

सह मालिक घिमिरेले यो सिजन पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने तथा पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्ने योजना सुनाएका छन् ।
‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो । नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो । यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटक प्रवद्र्धन गर्न र क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्छौं ।’
घिमिरेले चाडै रिटेन गरेका ६ खेलाडीको समेत सूची सार्वजनिक गर्ने बताएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]