6 months ago
July 1, 2025
एजेन्सी – पाहुना टोली दक्षिण अफ्रिकाकाले जिम्बाब्वेलाई पहिलो टेस्टमा सहजै हराएको छ ।
दक्षिण अफ्रिकाले आज जिम्बाब्वेलाई ३ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २ टेस्ट सिरिजमा पाहुना टोलीले १-० को अग्रता लिएको छ । ५ सय ३७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे २ सय ८ रनमा समेटिएको थियो ।
जिम्बाब्वेका विलिगंटन मसाकाट्जा सर्वाधिक ५७ रन बनाए । कप्तान क्रेग इर्भिन ४९ तथा सेन विलियम्स २६ रनमा आउट जोडे।
दक्षिण अफ्रिकाका लागि क्रेबिन बोसले १२ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । कोडि युसुफले ३, केशव महाराज र डिवाल्ड ब्रेभिसले समान १ विकेट लिए ।
पहिलो इनिङमा १ सय ६७ रनको अग्रता लिएको पाहुना टोलीले दोस्रो इनिङमा ३ सय ६९ रन थपेको थियो । दोस्रो इनिङमा दक्षिण अफ्रिकाका लागि विन मुल्दारले सर्वाधिक १ सय ४७ रन बनाएका थिए । कप्तान केशवले ५१, केब्रिन बोस ३६ तथा डेविड बेडिंहाम ३५ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर ४ सय १८ रन जोड्दा इनिङ समाप्तिको घोषणा गरेको थियो । जिम्बाब्वेले पहिलो इनिङमा २ सय ५१ रन बनाएको थियो। दोस्रो तथा अन्तिम टेस्ट आइतवार सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]