6 months ago
July 4, 2025
एजेन्सी – कप्तान शुभमन गिलको दोहोरो शतकको सहयोगमा भारतले इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ ।
इङ्ग्ल्याण्डको एजबास्टनमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले गिलको दोहोरो शतकमा ५ सय ८७ रन जोडेको थियो।
गिलले २ सय ६९ रनको इनिङ खेलेका थिए। इङ्ग्ल्याण्डमा दोहोरो शतक बनाउने गिल कुनै पनि एसियन टेस्ट टोलीको पहिलो कप्तान बनेका छन् ।
रविन्द्र जडेजा ८९ रन जोडे । गिल र जडेजाले छैटौं विकेटका लागि २ सय ३ रनको साझेदारी गरे । ओपनर यशस्वी जैसवाल ८७ रन बनाए । करुण नायर ३१, ऋषभ पन्त २५ तथा वासिटंन सुन्दर ४२ रनमा आउट भए ।
घरेलु टोलीका लागि सोयब बसिरले ३, क्रिस वोक्स र जोस टंगले समान २ तथा बायडेन कार्स, बेन स्टोक्स र जो रुटले समान १ विकेट लिए ।
जवाफमा इङ्ग्ल्यान्डको पहिलो इनिङको सुरुवात कमजोर रह्यो । दोस्रो दिन बिहीवारको समाप्तिमा टोलीले ३ विकेट गुमाएर ७७ रन बनाएको छ ।
ह्यारी ब्रुक ३० तथा जो रुट १८ रनमा अविजित छन् । त्यसअघि ज्याक क्रली १९ जोडे । बेन डकेट र ओली पोप रनको खाता नखोल्दै आउट भए ।
५ टेस्ट सिरिजमा इङ्ग्ल्याण्ड १-० ले अघि रहेको छ । पहिलो टेस्टमा भारत ५ विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]