default_image

5 months ago

July 14, 2025

एसपिएल – रोयल्स र टाइगर्स सेमिफाइनलमा

547 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स राजविराजमा जारी सातौँ सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल प्रवेश गरेका छन् ।

वर्षाका कारण रोयल्स र राजगढ वारियर्सबीचको पहिलो खेल नतिजाविहिन रह्यो र दुबैले टोलीले अंक बाँडे ।

पबी स्कुल मैदानमा टस हारेर ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले १४.१ ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। त्यसपछि लगातार वर्षा हुँदा खेल नतिजाविहिन टुंगिएको हो।

रोयल्सका लागि ओपनर रोहन बिकले सर्वाधिक ५१ रन बनाए । उनले उनले आक्रामक ब्याटिंङ गर्दै २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। बसन्त यादवले अविजित २८, दिवान पुनले २०, अभिषेक तिवारीले अविजित १५ तथा प्रविन यादवले १४ रन जोडे।

राजगढ वारियर्सको बलिङमा रोशन यादवले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा २९ रन खर्चिए। बिकी पासवानले १ विकेट लिए।

आजको दोश्रो खेलमा टाइगर्सले राइडर्सलाई १० विकेटले पराजित गर्यो।

वर्षाका कारण १२ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गरेको राइडर्सले ९.४ ओभरमा ५८ रन मात्र बनायो। ५९ रनको सामान्य लक्ष्य तिरहुट टाइगर्सले विकेट नगुमाई भेटायो।

टाइगर्सका ओपनर अविनाश कर्णले अविजित ३९ रन बनाए । उनले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर भोला शाह ११ रनमा अविजित रहे।

यसअघि टाइगर्सका बलर चित्र बहादुर बिष्ट एक्लैले ५ विकेट लिए । प्लेयर अफ द म्याच चित्रले ३ ओभरमा १२ रन खर्चे । यस्तै, अजय यादवले ३ विकेट लिए ।

राइडर्सको ब्याटिंङमा बिकी चौधरीले १५ र विशाल पटेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

८ दिन संचालन हुने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। फाइनल साउन १ गते हुनेछ।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.