5 months ago
July 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स राजविराजमा जारी सातौँ सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल प्रवेश गरेका छन् ।
वर्षाका कारण रोयल्स र राजगढ वारियर्सबीचको पहिलो खेल नतिजाविहिन रह्यो र दुबैले टोलीले अंक बाँडे ।
पबी स्कुल मैदानमा टस हारेर ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले १४.१ ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। त्यसपछि लगातार वर्षा हुँदा खेल नतिजाविहिन टुंगिएको हो।

रोयल्सका लागि ओपनर रोहन बिकले सर्वाधिक ५१ रन बनाए । उनले उनले आक्रामक ब्याटिंङ गर्दै २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। बसन्त यादवले अविजित २८, दिवान पुनले २०, अभिषेक तिवारीले अविजित १५ तथा प्रविन यादवले १४ रन जोडे।
राजगढ वारियर्सको बलिङमा रोशन यादवले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा २९ रन खर्चिए। बिकी पासवानले १ विकेट लिए।
आजको दोश्रो खेलमा टाइगर्सले राइडर्सलाई १० विकेटले पराजित गर्यो।
वर्षाका कारण १२ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गरेको राइडर्सले ९.४ ओभरमा ५८ रन मात्र बनायो। ५९ रनको सामान्य लक्ष्य तिरहुट टाइगर्सले विकेट नगुमाई भेटायो।
टाइगर्सका ओपनर अविनाश कर्णले अविजित ३९ रन बनाए । उनले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर भोला शाह ११ रनमा अविजित रहे।

यसअघि टाइगर्सका बलर चित्र बहादुर बिष्ट एक्लैले ५ विकेट लिए । प्लेयर अफ द म्याच चित्रले ३ ओभरमा १२ रन खर्चे । यस्तै, अजय यादवले ३ विकेट लिए ।
राइडर्सको ब्याटिंङमा बिकी चौधरीले १५ र विशाल पटेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
८ दिन संचालन हुने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। फाइनल साउन १ गते हुनेछ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]