default_image

3 months ago

September 20, 2025

‘ओमानले अविश्वसनीय क्रिकेट खेल्यो’ – सूर्यकुमार यादव

3585 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले ओमानले एसीसी टी ट्वान्टी एसिया कपमा आफ्नो देशविरुद्ध अविश्वसनीय क्रिकेट खेलेको बताएका छन् । समूह ए को अन्तिम खेलमा जित्नलाई १ सय ८९ रनको लक्ष्य पछ्याएको ओमानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

उक्त खेलपछि सूर्यकुमार यादवले भने, ‘मलाई लाग्छ ओमानले अविश्वसनीय ब्राण्डको क्रिकेट खेल्यो । मलाई थाहा छ ओमानको टोलीमा सुलु सर ( सुलक्षण कुलकर्णी) सर हुनुहुन्छ । उनी खाडुस छन् । साँच्चिकै उनीहरुको ब्याटिङ हेर्दा आनन्द लाग्यो ।’

ओमानले गत जुलाईमा भारतीय कुलकर्णीलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । मुम्बईका पूर्व क्रिकेटर उनी भारतीय घरेलु क्रिकेटका सफल प्रशिक्षक पनि हुन् ।

ओमानका अनुभवी अलराउण्डर आमिर कलिमले ४६ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । हमाद मिर्जाले ३३ बलमा ५ चौका र २ छक्कासहित ५३ रन बनाए ।

दोस्रो विकेटलाई कलिम र मिर्जाले ९३ रनको साझेदारी गरेपछि ओमानलाई जित्नलाई अन्तिम १५ बलमा ४० रन चाहिँएको थियो । हर्षित रानाको बलमा हार्दिक पान्ड्याले उत्कृष्ट क्याच लिएपछि कलिम आउट भएपछि त्यसपछिका ब्याटरले राम्रो गर्न नसक्दा ओमान हार्न पुगेको थियो ।

यता ओमानका कप्तान जतिन्दर सिंहले आफ्नो टोलीको प्रदर्शनमा निकै गर्व गर्ने बताउँछन् ।

‘मलाई यस टोलीको प्रदर्शनमा अत्यन्तै गर्व छ । उनीहरुले योजना अनुसार खेले । कठिन परिस्थीतिमा उनीहरुले देखाएको चरित्रले मलाई निकै गर्व छ’, उनले भने ।

गतवर्ष टी-२० विश्वकपको पैसा नपाएको भन्दै पूर्वकप्तान अकिव इलियास, प्रतिक अथभले, खालिद कैल, मेहरान खान,नसिम खुसी, कश्याप प्रजापति, शोएब खान, जिशान मकसुद,आयन खान, बिलाल खान, कलिमुल्लाह र रफिउल्लाहले ओमान क्रिकेट छाडेका थिए । त्यसपछि टोली बाहिर रहेका जतिन्दरको कप्तानीमा ओमानले दोस्रो रोजाईका टोली सम्हाल्लेर टिम निर्माण गरेको थियो । उक्त टिमले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

यस प्रदर्शनको मनोबलले ओमानले अर्को महिना घरेलु मैदानमा हुने टी२० विश्वकप छनोटमा आशा झनै बढाएको छ । ओमान, पपुवा न्युगिनी र सामोआ समूह सी मा छन् । समूह ए मा मलेसिया, कतार र युएई छन् । समूह बी मा जापान, कुवेत र नेपाल छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष तीन टोली विश्वकपमा पुग्नेछन् ।

यो पनि : भारतलाई स्तब्ध पार्नबाट चुक्यो ओमान

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.