3 months ago
September 20, 2025
एजेन्सी – श्रीलंकाका युवा अलराउण्डर दुनिथ वेलालागेका आफ्नो बुबाको मृत्युको दुईदिनपछि एसीसी ट् टीवान्टी एसिया कपमा बंगलादेशविरुद्ध खेल्दैछन् । सुपर फोरको खेलमा दुबई क्रिकेट रंगशालामा श्रीलंकाले टस हारेर पहिला ब्याटिंग गर्दैछ ।
बिहीबार समूह चरणमा अफगानिस्तानविरुद्ध खेल खेलाएको टोलीलाई नै निरन्तरता दिएको चरिथले टसमा जानकारी दिएका छन् । दुनिथ पनि श्रीलंकाको प्लेइङ ११ मा छन् ।
बुबाको मृत्युपछि उनी शुक्रबार कोलोम्बो गएका थिए । शनिबार बिहान नै उनी श्रीलंका टोलीमा जोडिएका थिए । अफगानिस्तान र श्रीलंकाबीचको खेल चलिरहदा उनका बुबा सुरुंगाको ५४ वर्षको उमेरमा ह्दयघातको कारण मृत्यु भएको थियो ।
श्रीलंकाको प्लेइङ ११ : पाथुम निसांका, कुशल मेन्डिस, कामिल मिषरा, कुशल परेरा, चरिथ असंलका, दासुन शानका, कामिन्दु मेन्डिस, वानिन्दु हसरंगा, दुनिथ वेलालागे, दुश्मन्था चामिरा र नुवान थुषरा ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]