9 years ago
April 10, 2017
इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत सोमबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाइ ८ विकेटले पराजित गरेको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको बेंगलोरले खराब सुरुवात गरेको थियो। ५ ओभरको समाप्तिमा २२ रनको स्थितिमा ३ विकेट गुमाएको बेंगलोरको इनिङ्स तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका बी डे भिलिएर्समा टिकेको थियो। एबी डे भिलिएर्सले ९ छक्का प्रहर गर्दै ४६ बलमा ८९ रनको उत्कृष्ट पारी खेलेपनि अन्य ब्याट्सम्यानले साथ नदिँदा बेंगलोरले २० ओभरमा ४ विकेट गुमाउँदै १४८ रन जोड्यो। पहिलो १५ ओभरमा ७१ रन जोडेको बेंगलोरले अन्तिम ५ ओभरमा ७७ रन जोडेको थियो।
बेंगलोरका कप्तान सेन वाट्सनले १ रन मात्र बनाए भने अर्का ओपनर विष्णु विनोद ७ रनमा आउट भए। पछिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका केदार जाधव १ रनमा एलबिडब्लु भए। पन्जाबका वरुण आरोनले २१ रन खर्चदै २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पन्जाबले आक्रामक सुरुवात गर्यो। मिल्सको बलमा एलबीडब्लु हुनुअघी मनन बोहराले २१ बलमा ३४ रन बनाउदै पहिलो विकेटका लागि हसिम अमलासंग ६२ रन जोडेका थिए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अक्षर पटेलले ९ रनमात्र जोडे। ओपनर हसिम अमला र कप्तान ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ जारी राख्दै १५औं ओभरमै पन्जाबलाई जित दिलाए।
ओपनर अमलाले ४ चौका र ३ छक्काको मद्दतले ३८ बलमा अविजित ५८ रन बनाएका थिए। कप्तान म्याक्सवेलले अविजित ४३ रन बनाउने क्रममा २२ बलमात्र खेले। उनले ३ चौका र ४ छक्का प्रहर गरेका थिए। बेंगलोरका लागि मिल्स र चहलले १/१ विकेट लिएका थिए।
४ ओभरमा १२ रनमात्र खर्चेर १ विकेट लिएका किङ्गस इलेभेन पन्जाबका अक्षर पटेल म्यान अफ द म्याच भए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]