9 years ago
May 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल क्रिकेट स्कुल र भारतीय टोली पयाडे स्पोर्ट्स क्लब, मुम्बईबीच जारी यु-१४ द्विपक्षीय होम एण्ड अवे वान डे सिरिज २०१७ अन्तर्गत पहिलो एकदिवसीय खेलमा नेपाली टोली पराजित भएको छ।

नेपाल क्रिकेट स्कुलका खेलाडी
किर्तिपुर स्थित टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डीङ रोजेको भारतीय टोलीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपाली टोलीलाई ८९ रनमा अलआउट गरेको थियो। ३४ ओभर ब्याटिङ गरेको नेपाली टोलीका लागि शिशिर भुजेलले ५६ बलमा ३२ रन जोडे भने विश्वन्त बरालले ३५ बलमा १७ रन बनाए। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि नेपाली टोली सस्तैमा समेटिएको थियो। बलिङतर्फ भारतका समय जिगेश व्यासले ६ ओभर बलिङ गर्दै २ मेडनका साथ १५ रन खर्चेर ३ विकेट लिए। उनि खेलको म्यान अफ द म्याच घोषित भए।
जवाफी ब्याटिङमा उत्रिएको भारतीय टोलीले पनि सोचेअनुरुपको सुरुवात गर्न सकेन। सुरुवातमै लगातार विकेट गुमाएको टोलीलाई विनित यादव र राज केतन साहको अविजित साझेदारीले जिततर्फ डोर्याएको थियो। ६ विकेट खसिसकेको अवस्थामा क्रिजमा जमेको जोडीले २४औं ओभरमै जित दिलाएको थियो। विनितले ४ चौकको मद्दतले ४६ बलमा अविजित ३५ रन बनाए। राज केतनले धैर्यतापुर्वक पारी खेल्दै ३४ बलमा १८ रन जोडे।
नेपालका लागि अथर्व पौडेलले २५ रन खर्चेर ३ विकेट लिएका थिए भने आयुष बनियाको नाममा २ विकेट रह्यो।
३ एकदिवसीय शृंखला अन्तर्गतको दोश्रो खेल भोलि हुनेछ। यसअघि यी दुइ टोलीबीच केहि दिन अघि भएको टि-२० शृंखलामा नेपाल ४-१ले विजयी रहेको थियो।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]