9 years ago
May 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

मारवाडी समाजका खेलाडीहरुले मात्र सहभगिता जनाउन पाउने यस प्रतियोगितामा ८ टोलीले भाग लिने जानकारी आज एक कार्यक्रम माझ दिइयो। समूह ‘ए’मा सजनगोठ च्याम्प्स, राइडर्स, हाम्रोकिचन डट कम र एल स्टोर वारियार्स छन् भने समूह ‘बी’मा टिप टप, फाइटर्स, केबिजी नेपाल र कोचर रेन्जर्स रहेका छन्।
बुधबारबाट सुरु हुने प्रतियोगिताको समूह चरणका खेलहरु २ दिनसम्म चल्नेछ। समूहको शीर्ष २ स्थानमा रहने टोलीहरुले शनिबार हुने समीफाइनलमा भिड्नेछन् भने त्यसै दिन फाइनल खेल हुनेछ।

यस प्रतियोगितामा खुकुरी इन्टरटेनमेन्ट र जिमी ग्रुपको पनि साथ रहेको छ।
८ खेलाडी मैदानमा उत्रने यस खेलको आफ्नो छुट्टै नियम हुने गर्दछ। छक्काको ठाउँमा ८ रन हुने यस खेलमा पहिलो २ दिन ६/६ खेल हुनेछन्।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]