default_image

9 years ago

May 25, 2017

माइक्रोम्याक्स अन्तर स्कुल इन्डोर क्रिकेट मंगलबारबाट

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माइक्रोम्याक्स अन्तर स्कुल इन्डोर क्रिकेट मंगलबारदेखि शुरु हुने भएको छ । आयोजक भ्यागुते प्रोडक्सनले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो ।

यसअघि विभिन्न विधामा हात हालेको भ्यागुते प्रोडक्सनको खेलकुदमा यो पहिलो सहभागिता हो । प्रतियोगिता चारदिनसम्म रातोपुलस्थित भेलोसिटी एरिनामा हुनेछ । १२ ओभरको हुने प्रतियोगितामा ८ स्कुलले सहभागिता जनाएका छन् । प्रतियोगितामा १६ वर्षभन्दा मुनिका तथा अहिले १० कक्षामा अध्ययनरत खेलाडीहरुले मात्र खेल्न पाउने छ । सहभागी स्कुललाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा उज्जवल शिशु निकेतन एकेडेमी, नितेन मेमोरियल हायर सेकेन्डरी स्कुल, प्रिमियर इन्टरनेशनल आइवी/पिवाइपी वर्ल्ड स्कुल र विद्या संस्कार स्कुल रहेका छन् । यस्तै समूह ‘बी’ मा डिएभी स्कुल, एपिआई स्कुल, ग्रीन लज एकेडेमी र मेरिडियन इन्टरनेशनल स्कुल रहेका छन् । हरेक समुहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल भने १६ ओभरको हुने भ्यागुते प्रोडक्सनको अध्यक्ष समिर रत्न बज्रचार्यले जानकारी गराए ।

माइक्रोम्याक्सले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै म्यान अफ दि सिरिज, बेष्ट ब्याट्सम्यान र बलरले आकर्षक उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो खेलमा उज्जव शिशु निकेतन एकेडेमीले प्रिमियर इन्टरनेशनल आइवी/पिवाइपी वर्ल्ड स्कुलको सामना गर्नेछ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.