default_image

9 years ago

May 26, 2017

पूर्वाञ्चलको अपुरो प्रदर्शन

172 views

0 Bookmark

सुबास हुमागाईं

प्रधानमन्त्री कपमा बिहिबार नेपाल पुलिस क्लब र पूर्वाञ्चलबीच भएको खेल अन्तर्गत नवौं ओभरको चौथो बलमा पूर्वाञ्चलका कप्तान पुष्प थापाले मिड विकेटतर्फ सट प्रहार गर्दै १ रन लिन खोजे। तर बल आरीफ शेखको हातमा सिधै पुगेपछि उनि अडिए तर नन् स्ट्राइकर एण्डमा रहेका अमल दास कुद्दै उनितिरै आइपुगिसकेका थिए। त्यसपछि आरीफले आफैं मिडविकेटदेखि बलरको स्टम्पसम्म पुगेर रनआउट पुरा गरे। सायद जारि प्रतियोगितामा पूर्वाञ्चलको प्रदर्शनलाई सारांशमा व्याख्या गर्न यो घटना काफी थियो।

रनआउट भएपछि एकतिर पुष्प र अमलको जोडी अर्कोतिर पुलिसका खेलाडीहरु खुसी मनाऊँदै

प्रतियोगिताको समूह ‘बी’मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सुदूरपश्चिमसँग रहेको पूर्वाञ्चल प्रतियोगिताको चौथो दिननै घर फर्कन बाध्य भयो। पहिलो खेलमा १ सय ३ रनमा अलआउट भएको पूर्वले दोश्रो खेलमा १ सय ४ रनको स्थितिमा आफ्नो सबै विकेट गुमायो। तेश्रो खेलमा पनि वर्षाले प्रभावित हुनुअघि पूर्वले ४ ओभरमा २२ रन जोड्दै आफ्नो सुरुवाती ४ विकेट गुमाइसकेको थियो।

ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको पुर्वले बलिङतर्फ पनि खासै राम्रो प्रदर्शन गर्न सकेन। आर्मीविरुद्ध १ विकेट झारेको पूर्वले पुलिसको पनि एक खेलाडीलाई मात्र पेभेलियन फर्काउन सफल रहेको थियो। तेश्रो खेलमा भने पूर्वले ४५.२ ओभर बलिङ गर्दै सुदुरलाई १ सय ५३ रनमा अलआउट गरेको थियो।

आर्मीविरुद्ध पहिलो खेलमा पराजित भएपछि प्रशिक्षक प्रदिप राज पाण्डेले टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको र ५० ओभरको खेल नयाँ भएकाले खेलाडीहरुलाई केहि असहज भएको बताए। उनले आर्मी निकै बलियो टोली भएकाले खेलाडी केहि नर्भस भएको बताएका थिए। तर, दोश्रो खेलमा युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबसँग पनि पूर्वको प्रदर्शन सुध्रन सकेन।

खेलाडी छनोटको प्रक्रियाका बारेमा बोल्दा प्रशिक्षक पाण्डेले आफूसँग उपलब्ध उत्कृष्ट खेलाडीहरुलाई नै छनोट गरेको प्रतिक्रिया दिए। “राखेपको परिपत्र अनुसार हामीले ७ जिल्लाका उत्कृष्ट ४० खेलाडी भेला पारेर ५० ओभरका खेल खेलेका थियौं। उक्त खेलमा गरेको प्रदर्शनको आधारमा १४ खेलाडी छानेर प्रतियोगितामा सहभागिता जनाउन काठमाडौँ आएका हौँ।”

प्रतियोगितामा पूर्वका लागि ब्याटिङतर्फ महबुब आलमले बाहेक अन्य कुनै ब्याट्सम्यानले चित्तबुझ्दो प्रदर्शन गर्न सकेनन्। पहिलो खेलमा ३६ रन बनाएका आलमले दोश्रो खेलमा ४० रन जोडेका थिए। पूर्वले यस प्रतियोगितामा प्रहार गरेको ८ छक्कामध्ये ६ छक्का महबुबको ब्याटबाट निस्केको थियो।

आर्मीविरुद्धको पहिलो खेलमा सोमपाल कामीको बलिङमा आफ्नो देब्रे हातमा चोट बोकेका महबुबले बलिङ गर्न सकेनन्। पहिलो खेलमा १ ओभर फ्याँकेका उनले दोश्रो खेलमा बलिङ गरेनन। तेश्रो खेलमा बलिङ गर्ने प्रयास गरेपनि तेश्रो ओभरको चौथो बलपछि उनले हार माने। राज थापाले बाँकी २ बल फ्याँक्दै उक्त ओभर समापन गरिदिएका थिए।

पेभेलियन फर्किंदै महबुब आलम

कुनै समय नेपालको घरेलु क्रिकेटको बादशाह मानिने पूर्वाञ्चल प्रतियोगिताको चौथो दिनमै बाहिरिनु समग्र नेपाली क्रिकेटका लागि खल्लो विषय हो। लामो समयको अन्तरालपछि फर्किएको एकदिवसीय क्रिकेटमा पूर्वबाट आशातीत प्रदर्शन हुन सकेन। करियरको अन्तिम तिर आइसकेका महबुब र पुष्प थापाको भरमा टिकेको युवा टोलीले यस प्रतियोगिताको अनुभवलाई आउने दिनमा कति प्रयोग गर्छन्, त्यो समयले बताउनेछ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.