default_image

7 years ago

May 30, 2017

वर्षाका कारण मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाका कारण दोस्रो इनिङ्स शुरु हुन नसकेपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले प्रधानमन्त्रीकप एक दिवसीय क्रिकेटमा अंक बाँडेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार समूह ‘ए’ को मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलबीचको खेल पुनः शुरु हुन नसक्दा अंक बाड्न बाध्य भएका हुन् । मध्यपश्चिमाञ्चलले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले लक्ष्य पछ्याइरहँदा […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाका कारण दोस्रो इनिङ्स शुरु हुन नसकेपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले प्रधानमन्त्रीकप एक दिवसीय क्रिकेटमा अंक बाँडेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार समूह ‘ए’ को मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलबीचको खेल पुनः शुरु हुन नसक्दा अंक बाड्न बाध्य भएका हुन् ।

मध्यपश्चिमाञ्चलले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले लक्ष्य पछ्याइरहँदा वर्षा भएपछि खेल रोकिएको थियो । मध्यमाञ्चलले ४.२ ओभरमा एक विकेट गुमाएर २३ रन बनाएर खेलिरहेको थियो । हरिशंकर शाहलाई शुन्य रनमा गुमाएको मध्यमाञ्चलको इनिङ्स ओपनर भुपेन्द्र थापा र सोनु तामाङले सम्हालेका थिए । भुपेन्द्र १० तथा सोनु ११ रनमा क्रिजमा थिए । त्यसपछि खेल सुचारु हुन नसक्दा खेल बराबरीमा सकिएको हो । मध्यपश्चिमका सिद्धान्तराज शाहीले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिम ४३.२ ओभरमा १ सय २३ रनमा अलआउट भएको थियो । खराव शुरुवात गरेको मध्यपश्चिमको इनिङ्स मध्यक्रमका राजवीर सिंह र प्रनित थापामगरले सम्हाल्दै सम्मानजनक योगफलमा पुर्याएको थियो । राजवीर ६३ रनमा बोल्ड हुदा प्रनित २० रनमा रनआउट भए । त्यसपछि ब्याटिङमा आएका अमर सिंह राउटेलाले १० रन बनाए । ओपनर सुवेन्दु पाण्डे ८ रनमा आउट हुदा चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेन । मध्यपश्चिमलाई सस्तैमा समेट्न मध्यमाञ्चलका किशोर महतो एक्लैले चार विकेट लिए । हरिशंकर शाहले दुई तथा रसिद खान र रामसद अलामले एक–एक विकेट हात पारे ।

प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । समूह ‘बी’ बाट आर्मी र पुलिस सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता अन्तर्गत बुधबार मध्यमाञ्चल र पश्चिमाञ्चलबीच खेल हुनेछ ।

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.