9 years ago
June 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘ए’को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले मध्यपश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

टस जितेर ब्याटिङ गर्ने निम्तो पाएको मध्यपश्चिमाञ्चलले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय ८१ रन जोडेको थियो। ओपनरद्वय प्रज्वल शाही र सुशान्त थापालाई १६ रनको स्थितिमा छंदा गुमेको मध्यपश्चिमको पारीलाई कप्तान सुबेन्दु पाण्डे र राजबिर सिंहले सम्हालेका थिए। कप्तान पाण्डेले २३ रन जोडे भने राजबिर सिंहले ३७ रन बनाए।
२ रनको अन्तरमा मध्यक्रमको ३ विकेट गुमाएर दबावमा आएको मध्यपश्चिमलाई मध्यक्रमका ब्याट्सम्यान अनुपम सिंहले सम्हालेका थिए। मध्यपश्चिमका लागि प्रतियोगिताको दोश्रो अर्धशतक बनाउने क्रममा अनुपमले ९५ बल खेल्दै ५६ रन जोडे। उनले ६ चौका प्रहार गरेका थिए। नवौं नम्बरमा ब्याटिङ गर्न आएका सिद्धान्त शाहीले २ चौका र २ छक्काको मद्दतले अविजित ३५ रन जोडेपछि मध्यपश्चिमले १ सय ८१ रन जोडेको थियो।
एपीएफका लागि भुवन कार्कीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर ३ विकेट लिए। अभिनाश बोहोराले २ विकेट लिंदा सन्दिप जोरा र कप्तान ज्ञानेन्द्र मल्लको नाममा समान १/१ विकेट रह्यो।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले पछिल्लो खेलमा अर्धशतकिय पारी खेलेका ओपनर सुबास खकुरेललाई १२ रनमा गुमाएपनि दोश्रो विकेटका साझेदारीले सुदृढ सुरुवात लियो। ओपनर सन्दिप सुनार र आसिफ शेखले १४ ओभरमा ९२ रनको साझेदारी गरेका थिए। आसिफले ४४ बलमा ३ चौका र १ छक्काको मद्दतले ४० रन जोडेका थिए। म्यान अफ द म्याच बनेका सन्दिप सुनारले आक्रामक ब्याटिङ गर्दै ८३ बलमा ८७ रन बनाए। उनले आफ्नो पारीमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए। सन्दीपले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए। पृथु बास्कोटा १५ रन र प्रदिप ऐरी ५ रनमा अविजित रहेका थिए।
जितपछि एपीएफ समूह ‘ए’ मा चार अंकसहित शीर्ष स्थानमा छ । शनिबार हुने मध्यमाञ्चलको खेल सकिएपछि समूह विजेताको छिनोफानो लाग्नेछ। समूह ‘ए’ बाट एपिएफ र पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ‘बी’ बाट त्रिभुवन आर्मी समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन्।
प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
लिग चरणको अन्तिम खेलमा शनिबार एपीएफले मध्यमाञ्चलको सामना गर्नेछ।

December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]